Day: December 16, 2024

सरकारको प्रमुख लक्ष्य सुशासन : प्रवक्ता गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्ने काम सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा ‘द राइजिङ नेपाल’ को ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुशासन कायम भएमात्र राजनीतिक स्थिरता कायम हुने बताउनुभयो । उहाँले सरकारको स्थिरता कायम भए मात्र विकास

पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा
काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तहको निर्वाचन जितेर उहाँ तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत बन्नुुभएको थियो । लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । गणेशमान

नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

आज सुदुर पश्चिमको खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन । समुह चरणको यो अन्तिम खेलले प्ले–अफ्मा पुर्याउने चौथो टोलीको टुंगो लगाउनेछ । अहिलेसम्म सुदुरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्ले–अफ्मा पुगिसकेका छन् । आजको खेलपछि कर्णाली याक्स र काठमाडौ गुर्खाजमध्येको एक टोली प्ले–अफ्मा पुग्नेछ । आज सुदुरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरमा