
आज सुदुर पश्चिमको खेल
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन । समुह चरणको यो अन्तिम खेलले प्ले–अफ्मा पुर्याउने चौथो टोलीको टुंगो लगाउनेछ ।
अहिलेसम्म सुदुरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्ले–अफ्मा पुगिसकेका छन् । आजको खेलपछि कर्णाली याक्स र काठमाडौ गुर्खाजमध्येको एक टोली प्ले–अफ्मा पुग्नेछ ।
आज सुदुरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरमा हराएको खण्डमा काठमाडौं प्लेअफ्मा पुग्नेछ । अन्यथा कर्णालीकै संभावना बलियो छ ।
लिगमा ६ खेलबाट सुदुरपश्चिमले १० अंक जोडेको छ भने जनकपुरले ७ खेलबाट १० अंक जोडेको छ । चितवन, कर्णाली र काठमाडौंको समान ८–८ अंक छ ।
लिग चरणको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल प्रवेशको लागि क्वालिफायर खेल्नेछन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथो स्थानमा रहने टोलीबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
एनपिएल क्रिकेटको क्वालिफायर बुधवारदेखि हुनेछ भने फाइनल खेल आगामी शनिवार हुनेछ ।
You may also like
Archives
Calendar
| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| 1 | 2 | |||||
| 3 | 4 | 5 | 6 | 7 | 8 | 9 |
| 10 | 11 | 12 | 13 | 14 | 15 | 16 |
| 17 | 18 | 19 | 20 | 21 | 22 | 23 |
| 24 | 25 | 26 | 27 | 28 | 29 | 30 |

Leave a Reply