
Written by adminFebruary 26, 2025
सभामुख घिमिरेबाट महाशिवरात्रिको शुभकामना व्यक्त
काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो । महाशिवरात्रि पर्वमा हिन्दूहरुले भगवान् शिवको पूजाआरधना गरी मनाउने गर्दछन् ।
“नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।” सभामुख घिमिरेले शुभकामना सन्देशमा उल्लेख गर्नुभयो ।
You may also like
Post Views: 616
Archives
Calendar
| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| 1 | ||||||
| 2 | 3 | 4 | 5 | 6 | 7 | 8 |
| 9 | 10 | 11 | 12 | 13 | 14 | 15 |
| 16 | 17 | 18 | 19 | 20 | 21 | 22 |
| 23 | 24 | 25 | 26 | 27 | 28 | 29 |
| 30 | 31 | |||||

Leave a Reply