
गोकुलगंगा युवा सञ्जालद्वारा जट्टापोखरी, पाँचपोखरी दर्शनमा जाने तिर्थालुहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व जनैपूर्णिमाको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि देशका विभिन्न ठाउँबाट हजारौं तिर्थालुहरू जट्टापोखरी,पाँचपोखरीको दर्शन गर्न जाने तयारीमा छन्। यही अवसरमा गोकुलगंगा युवा सञ्जालको आयोजनामा तीर्थयात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको छ ।
समुन्द्री सतहबाट करिब ४५०० मिटरको उचाइमा चड्दा कठिन भौगोलिक अवस्था, चिसो मौसम र उच्च स्थानको प्रभावका कारण दर्शनार्थीहरूलाई विभिन्न स्वास्थ्य समस्या देखा पर्ने सम्भावना रहन्छ। –जस्तै उचाइको असर, हाइपोथर्मिया, श्वासप्रश्वासमा कठिनाइ, थकान, उच्च ज्वरो आदि हुन सक्ने भएकाले भक्तजनहरूलाई सुरक्षित र सजिलो बनाउने उद्देश्यले स्वास्थ्य सेवा प्रदान गरिँदैछ।
शिविरमार्फत श्रद्धालुहरूलाई प्राथमिक उपचार सेवा स्वास्थ्य परामर्श, रक्तचाप मापन औषधि वितरणसाथै अत्यावश्यक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ। साथै, आवश्यकता अनुसार थप स्वास्थ्य सेवाहरू पनि शिविर स्थलमा समन्वय गरिनेछ।
शिविर सञ्चालनमा आवश्यक पर्ने स्वास्थ्यकर्मी ,स्वास्थ्य सामग्री, उपकरण तथा औषधिहरूको व्यवस्थापनमा गोकुलगंगा अस्पताल र चुचुरे स्वास्थ्य चौकीले सहकार्य गरेका छन भने केही औषधीहरू अर्किड मेडिकल हल शिवालय र शिवालय क्लिनिक एण्ड थाइराइड सेन्टर , शिवालय परिवारले सहयोग पुर्याएका छन्।
गोकुलगंगा युवा सञ्जाल परिवारले उहाँहरूप्रति विशेष आभार व्यक्त गर्दै यस्तो सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेकाछन् ।
स्वास्थ्य शिविरमा स्वयम्सेवी स्वास्थ्यकर्मीहरूको टोली, स्थानीय स्वयंसेवक, परिचालन टोलिहरू सक्रिय रूपमा खटिनेछन्। गोकुलगंगा युवा सञ्जाल परिवारले यस कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा साथ र समर्थन गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद दिँदै जनैपूर्णिमाको पावन अवसरमा जट्टापोखरी तथा पाँचपोखरी दर्शन गर्न जाने सम्पूर्ण भक्तजनहरूलाई सुरक्षित यात्रा, राम्रो स्वास्थ्य, र आध्यात्मिक शान्तिको शुभकामना व्यक्त गरेको छ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply