
जनमत पार्टीले ८४ मा २० लाख मात ल्याउने नेता रेग्मीको दाबी
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचनमा २०लाख मत ल्याउने बाजुरा जिल्ला ईन्चार्ज र प्रशासनिक समन्वय विभागका सचिव मनिराम रेग्मी ले दावी गरेका छन । २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको राउत नेतृत्वको जनमत पार्टी आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको हो ।
०७९ को निर्वाचनमा प्रतिनिधिसभामा ६, प्रदेश सभामा मधेस प्रदेशका १३ र लुम्बिनीका तीन गरेर १६ सिट जितेको जनमतले ०८४ को निर्वाचनमा कम्तीमा २० लाख समानुपातिक मत ल्याउने लक्ष्य लिएको छ ।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ तीन लाख ९४ हजार पाँच सय १६ समानुपातिक मत ल्याएर राष्ट्रिय दल बनेको जनमतले त्यसलाई पाँच गुणा बढाउने गरी संगठन विस्तारमा जुटेको नेता रेग्मी ले जिक्र गरे।
देउराली मिडिया समवादका क्रममा नेता रेग्मीले आगामी निर्वाचनमा जनमत पार्टीले हिमाल पहाड तराईमा अफनो उपस्थिति देखाउने दावी गरेका छ्न । रेग्मीले जनमत पार्टी र नागरिक उनमुक्ती पार्टी बिच एकीकरणपछि हामी सुदुर पश्चिममा हाम्रो पार्टीको राम्रो उपस्थिति हुने छ र हिमाल पहाड तराई कोई छैइन पराईको नारालाई अत्मसार गर्दै हामी अघि बढने नेता रेग्मीले जिक्र गरे । नेपाली जनता पुराना पार्टीको तानाशाही ले गर्दा वाक्क दिक भाइ सकेका छ्न र यदि हाम्रो पार्टी को प्रतिनिधिसभामा राम्रो उपस्थिति भयो भने हामी 10 लाख जनतालाई रोजगारी दिने छौ र युवाहरूलाई देशमा केही गर्ने वातावरण सिर्जना गर्ने छौ भन्ने विषयमा जोड दिए ।
Leave a Reply