
कलाकार घनश्याम गौतमको निधन
काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली ।
चर्चित टिभी सिरियल मेरी बास्सैमा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् ।
डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले सामाजिक संजालबाट शोक व्यक्त गरेका छन् । गौतमको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply