
दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा “तिम्रा लागि रुने मन” सार्वजनिक हुने तयारीमा
काठमाडौं । पछिल्लो समयका व्यस्त तथा चर्चित म्युजिक भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा तयार पारिएको नयाँ आधुनिक गीत “तिम्रा लागि रुने मन” केही दिनमै सार्वजनिक हुँदैछ।
प्रेम, विछोड र भावनात्मक संवेदनाहरूको गहिरो अभिव्यक्ति बोकेको यस गीतले नेपाली आधुनिक संगीतप्रेमीहरूको मन जित्ने विश्वास लिइएको छ।
गीतमा नेपाली संगीत क्षेत्रमा सशक्त पहिचान बनाएका चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द र संगीत उत्तम रावतको रहेको छ भने एरेन्जमेन्ट तथा मिक्सिङ झलक संगीतमले गरेका हुन्। ध्वनि सम्पादन आलाप रेकर्डिङ स्टुडियो मा सम्पन्न गरिएको हो।
गीतको भिडियो पक्षलाई समेत विशेष ध्यान दिइएको छ। भिडियोमा निर्देशक दिपेश एसकेसँगै किरण साङबो र सबिना लो तामाङले अभिनय गरेका छन्। भिडियोलाई टेकेन्द्र साहले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्, जसले दृश्यलाई अझ आकर्षक बनाएको छ।
गीतका लेखक, निर्देशक तथा मुख्य कलाकार दिपेश एसके हुन्, जसले यसअघि पनि थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।
निकट भविष्यमा सार्वजनिक हुन गइरहेको “तिम्रा लागि रुने मन” ले नेपाली संगीत बजारमा नयाँ स्वाद र भावना ल्याउने अपेक्षा गरिएको छ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply