
पेट्रोलको मूल्य बढ्यो
काठमाडौँ, मङ्सिर ३० गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाँ घटाएको हो ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एकसय ५९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एकसय ६१ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ६२ रुपियाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एकसय ४८ रुपियाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ र तेस्रो वर्गका लागि एकसय ५१ रुपियाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।
डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपियाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक रुपियाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । रासस
You may also like
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | 6 | |
7 | 8 | 9 | 10 | 11 | 12 | 13 |
14 | 15 | 16 | 17 | 18 | 19 | 20 |
21 | 22 | 23 | 24 | 25 | 26 | 27 |
28 | 29 | 30 | 31 |
Leave a Reply