
हीरक महोत्सवमा दाहाल सम्मानित
उदयपुर जिल्लाको कटारी नगरपालिका लेखानीमा रहेको चन्द्रावती मा बि को हीरक जयन्ती समारोह – २०८१ भब्य र सभ्य रूपमा सम्पन्न भएको छ।
विभिन्न महानुभावहरुलाइ सम्मान गरिएको सो सम्मानमा शिक्षाबिदतथा बरिस्ठ साहित्यकार गीत्कार डा, रामप्रसाद दाहालले
आफ्नो जन्मस्थल तथा यही बिधालयबाट क , ख ,ग , A, B C धूलोको पाटीमा सिकदै शिक्षा लिएको त्यही बिधालयबाट आज सम्मानित हुन पाएकोमा हीरक जयन्ती महोत्सब आयोजक समिति र बिधालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।
साथै अत्यन्त सफलतापूर्बक उच्चस्तरीय कार्यक्रम सम्मपन गर्न सफल भएकोमा हीरकजयन्ती महत्सोव समिति र विशेष गरि बिधालय परिवार , ब्यबस्थापन समितिका अध्यक्ष खेमराज गौतम, प्रधानाध्यापक बेदबिक्रम हमाल , कटारी नगर पालिका वडा १४ का अध्यक्ष अमरबहादुर मगर ,उपमेयर गीता खड्का , मेयर राजेशचन्द्र श्रेष्ठ , प्रदेश सान्सद रामकुमार खत्री र सघीय सान्सद अमरबहादुर रायमाझीलाई आभार व्यक्त गर्नु भयो।
, साथै प्रा डा कुमुदराज काफ्ले , पूर्व प्रशासक श्याम दाहाल, संविधान बिद काशीराज दाहाल ,गीतकार बिष्णु मुरी ,समाजसेवी सुबास खनाल, देवराज खनाल ,कृष्णप्रसाद दाहाल ,केशव्प्रसाद दाहाल , उमा न्योपाने , किशोर दाहाल , शिक्षक/ शिक्षिकाहरु ,उत्कृष्ट सास्कृतिक कार्यक्रम प्रस्तुति गर्नुहुने बिद्यार्थीहरु लगायत सम्बद सबै लेखानीबासीमा हार्दिक आभारका साथ धन्यवाद ज्ञापन गर्दछु भन्नुभयो
।स्मरण रहोस उक्त बिधलयमा पढ्नेहरू अहिले रास्ट्रमात्र होइन बिदेशी भूमिमा पनि नाम राख्न सफल भएका छ्न।
सबिधानबिद काशीराज दाहाल , कटारी नगर पालिका का मेयर उपमेयर प्रदेश सान्सद सघिए सान्सद लगायत दर्जनौं ब्यक्तिहरुले मन्तव्य राख्दै बिधालयको उच्चा प्रशम्सा गर्नुभएको थियो।बिधालयका प्राध्यानपक बेद बिक्रम हमालले भ् ने श्री चन्द्रावती मा वि लेखानीले ऐतिहासिक सफलतालाई काखी च्याप्दै र चुनौतीहरु चिर्दै हीरक महोत्सव जस्तो कार्यक्रमको शिखरमा पुगेको अवसरमा गौरव गरिमा सजाउँदै अझ अगाडि बढने प्रेरणा मिलेको बताउनु भयो
उदयपुर लेखानी / २७ मसिर २०८१
Leave a Reply