
जनमत र नागरिक उन्मुक्ति पार्टी एकता हुने पक्क डा शरद यादव प्रवक्ता
काठमाडौं । तराई मधेशको सबैभन्दा ठुलो पार्टी बनाउने तयारी मा रेशम चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने, सबै प्रक्रिया टुङ्गिएको जनमतको दाबी
जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता प्रक्रिया आफूहरुको तर्फबाट टुङ्गिइसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनमत र नाउपाबीच अब छिट्टै एकीकरण हुने बताएका हुन् । जनमतको तर्फबाट पार्टी एकताका लागि अब केही कानुनी र प्राविधिक पाटोमात्रै टुङ्गिन बाँकी रहेको उनले बताए ।
नाउपाका संरक्षक रहेका रेशमलाल चौधरीले केही समयअघि आफूहरुबीच एकता हुन लागेको खुलासा गरेका थिए । जनमतका अध्यक्ष डा.सिके राउत र चौधरीबीच एकदमै सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ ।
नाउपा पार्टीले पनि प्रक्रियागत रुपमा पार्टी एकताको विषय टुङ्ग्याउँदै गएको उनले बताए । ‘नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणको कुरा एकदमै सकारात्मक रुपमा अगाडि बढेको छ । हाम्रो तर्फबाट हामीले करिब–करिब सबै कुरा टुङ्ग्याइसकेका छौं । केही प्राविधिक र कानुनी कुराहरु बाँकी छ । रेशम चौधरीको पार्टीबाट पनि प्रक्रियागत रुपमा त्यसलाई टुङ्गो लगाउने कुरा हुँदैछ र छिटै हामीबीच एकीकरण हुन्छ भन्ने हामी विश्वस्त छौं,’– उनले भने ।
You may also like
Archives
Calendar
| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| 1 | 2 | 3 | 4 | |||
| 5 | 6 | 7 | 8 | 9 | 10 | 11 |
| 12 | 13 | 14 | 15 | 16 | 17 | 18 |
| 19 | 20 | 21 | 22 | 23 | 24 | 25 |
| 26 | 27 | 28 | 29 | 30 | 31 | |

Leave a Reply