Sat. Apr 27th, 2024

सिन्धुपाल्चोक जिल्लाकाे विभिन्न ठाउँबाट अमेरिकामा अाई अमेरिकाकाे विभिन्न राज्यहरूमा विभिन्न पेशा व्यवसाय मा सहभागी भएकाे व्यक्तित्व मिलेर सिन्धुपाल्चोक जिल्लाकाे चाैतर्फी बिकासमा हातेमालो गर्ने र सिन्धुपाल्चोक बाट अमेरिका अाउनुभएकाे विभिन्न व्यक्तिहरूलाई अाईपर्ने समस्याहरूमा सहयाेग गर्दै संस्थागत रूपबाट अगाडि बढ्नकाे लागि अाज एक भेलाकाे अायाेजना गरि अमेरिकाकाे क्यालिफोर्निया मा सिन्धु समाज अमेरिका घाेषणा गरिएकाे हाे ।


विज्ञ समुहकाे संस्थापक नवराज लम्सालकाे प्रमुख अातिथ्यतामा भएकाे साे भेलाकाे विशेष अतिथि निर्वतमान ससस्त्र प्रहरी डिअाईजी के. बि . व्रमाचार्य हुनुहुन्थ्यो ।
साे भेलाले अमेरिकामा सफल व्यावसायिक पहिचान बनाउनु भएकाे, सिन्धुपाल्चोक मा भएकाे हरेक प्रकृतिक बिपत्ति मा खुला हृदयले सहयाेग गर्दै अाउनु भएकाे क्यालिफोर्निया निवासी श्री यज्ञलाल श्रेष्ठ काे संरक्षकत्व मा अमेरिकी नियम कानुनकाे अधिनमा रहि समाजिक सेवा गर्ने गरि गैरसरकारी, गैरनाफामुलक संस्था काे रूपमा सिन्धु समाज अमेरिका गठन गरिएकाे हाे ।
संस्थाकाे अध्यक्ष मा सिन्धुपाल्चोक काे युवाहरूकाे ढुकढुकी सफल युवा व्यावसायी दिपेश लामा ( माेलम) लाई छनाैट गरिएकाे छ । अब अमेरिकामा रहनुभएकाे सम्पूर्ण सिन्धुपाल्चोक बासी नागरिक काे सुख दुखकाे सारथीकाे रूपमा दिपेश लामा माेलम ले संस्थागत नेतृत्व गर्नु हुनेछ ।

सिन्धु समाज अमेरिकाकाे कार्यसमिति यस प्रकारकाे रहेकाे छ
संरक्षक :-श्री यज्ञ लाल श्रेष्ठ

कानुनी सल्लाहकार :- श्री यज्ञ नेपाल

सिन्धु समाज अमेरिकाकाे सल्लाहकार समितिकाे सदस्यहरू
१) श्री सुरज पाख्रिन
२) श्री राजेश माेक्तान
३) श्री राम श्रेष्ठ
४) श्री राजेन्द्र लामा
५) श्री रतुल लामा
६) श्री बुद्ध लामा
७) श्री रवि पराजुली

अध्यक्ष :- श्री दिपेश लामा
उपाध्यक्ष :- श्री जयराम पण्डित
महासचिव :- श्री कप्तान लामा
सचिव :- श्री दिपेन्द्र थापा
काेषाध्यक्ष :- श्री शान्ति थापा
सह- काेषाध्यक्ष : श्री राजेन्द्र श्रेष्ठ
सदस्यहरू :-
१) श्री उदय पण्डित
२) श्री बलराम काजी बस्नेत
३) श्री दिल बहादुर श्रेष्ठ
४)श्री राजेन्द्र कुमार श्रेष्ठ
५)श्री पार्वती लामा रहनु भएकाे छ ।
यस सिन्धु समाज अमेरिकाले निकट भविष्य नै विभिन्न कार्यक्रमहरू घाेषणा गर्नुकाे साथसाथै काठमाडौं मा सिन्धु समाज अमेरिकाकाे सिन्धुपाल्चोक सम्पर्क कार्यालय काठमाडौ मा खाेलिने छ र सम्पूर्ण सिन्धुपाल्चोक काे युवाहरूलाई समाजसेवा मा लगाउनकाे साथसाथै अात्मनिर्भर र अमेरिकामा सिकेको ज्ञान सिपलाई अाफ्नाे जन्म भुमिमा कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न कार्यक्रम तर्जुमा गरि नेपालमा एक समिति निर्माण गरि सामाजिक क्षेत्रमा संस्था गत हस्तक्षेप गर्नेछ ।
सिन्धुपाल्चोक जिल्लामा भैपरिअाउने कुनैपनि प्रकारको सहयोग गर्नकाे लागि संस्थाले कुनै कसर बाँकी राख्ने छैन भन्ने प्रतिबद्धता संस्था काे संरक्षक श्री यज्ञ लाल श्रेष्ठले गर्नुभयाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि नवराज लम्सालले सिन्धुपाल्चोक काे बिकासकाे लागि अमेरिकामा सफलता हाँसिल गर्नुभएकाे परम अात्मिय मित्र यज्ञलाल श्रेष्ठले लिनुभएकाे अठाेट सबै नेपालीले बुझ्नुपर्ने र सबै सफल युवाहरूले अाफ्नाे जन्म भुमिकाे लागि केही न केही याेगदान गर्न यज्ञलाल जि बाट सिक्नुपर्ने बताउनु भयाे ।
बिगतमा पनि सिन्धुपाल्चोक काे हरेक समस्या मा अग्रिणी सहयाेगीकाे रूपमा यज्ञलालले धेरै काम गर्नुभएकाे भन्दै घरवार बिहीनहरूकाे लागि अाफ्नाे निजि खर्चमा ११ वटा घर बनाएर अमेरिकाबाट पहिलाे नेपाली म्यारिल्याडकाे नेशनल डेलिगेट श्री ह्यारी भण्डारी सहित गएर घर हस्तान्तरण गरेकाे बिषय काेट्याउँदै अब अझै बढी सिन्धुपाल्चोक काे बिकासमा सिन्धु समाज अमेरिका काेशेढुङ्गाे हुने बिस्वास गर्नु भयाे ।

संस्था काे वर्तमान अध्यक्ष श्री दिपेश लामा माेलमलाई बधाई दिदै चर्चित युवा ले नेतृत्व गरेकाेले याे संस्थाले परिणाममुखी काम गरेर देखाउने अाशा व्यक्त गर्नुभयाे । प्रमुख अतिथि लम्सालले कार्य समिति काे सबैलाई मन वचन र कर्मले सिन्धुपाल्चोक काे बिकासमा हातेमालो गर्नुहुनेछ भन्ने अाफुलाई लागेकाे छ भन्नुभयाे ।
यसैगरी विशेष अतिथि पूर्व डिअाईजी के. बि. व्रमचार्यले यति टाढा अाएर पनि जिल्लाकाे बिकास गर्न लागिपर्नु भन्ने कुरा नेपाली ले मात्रै गर्न सक्ने र याे र यस्तै समाजसेवी काम अरू जिल्ला काे नेपालीहरूले पनि प्रेरणा लिनुपर्ने बताउनु भयाे । पूर्व डिअाईजीले यज्ञलाल श्रेष्ठ असाध्यै समाजसेवी र अाफ्नाे पुरानाे मित्र पनि भएकाेले उहाँले असाध्यै राम्रोसँग संस्था चलाउनु हुन्छ भन्ने बिस्वास अाफुलाई भएकाे बताउनु भयाे ।
अमेरिकामा भएकाे भेला अायाेजक कमिटी अध्यक्ष श्री दिपेश लामा माेलमले अाफू व्यस्त हुँदाहुँदै पनि साथीहरूकाे अाड र भराेसाकाे कारणले र अाफ्नाे जन्म भुमिकाे लागि केही गराै भन्ने हुटहुटिले अाफु संस्था काे अध्यक्ष बन्न राजी भएकाे बताउनु भयाे साथै अाफ्नाे नेतृत्वमा सहभागी सबैलाई हार्दिक धन्यवाद सहित सल्लाहकार अग्रज व्यक्तित्वहरूकाे निर्देशन बमोजिम संस्थाले पराेपकारी कार्य गर्ने बताउदै कार्यक्रम अन्त्य भएकाे घाेषणा भयाे ।

By maniram

Leave a Reply

Your email address will not be published. Required fields are marked *