Sat. Apr 27th, 2024

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज आइतबार सकिन लागेको हो ।

आज एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र गरि २० सांसद बिदा हुन लागेका हुन् ।

हालै निर्वाचित १९ सदस्यहरुको शपथग्रहण भोली हुने भएको छ । बाँकी एउटा पदको भने मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

शपथग्रहणको कार्यक्रम संसद भवनको ल्होत्से हलमा सोमबार बिहान ११.३० बजे राखिएको संसद सचिवालयले जनाएको छ ।

By maniram

Leave a Reply

Your email address will not be published. Required fields are marked *