
सबिन खड्काको आवाजमा “चालिस कटेसी” बोलको गीत सार्वजनिक हुँदै
काठमाडौं । गायक सविन खड्का र गायिका आसा बिसीको स्वरमा सजिएको नयाँ गीत “चालिस कटेसी” बोलको गीत केही समयमै सार्वजनिक हुँदैछ। उक्त गीत (SK Entertainment Nepal) युटुबब च्यानलबाट सार्वजनिक गरिने भएको हो ।
गीतको शब्द गायक खड्काले नै गरेका हुन् भने पछिल्लो समयका लोकप्रिय संगीतकार मोतिराज खनालले संगीत भरेका छन्। संगीत संयोजन, मिक्सिङ मास्टरिङ हेमराज डाँगीको रहेको छ ।
गीतको कथा,निर्देशन सुरज खनालले सम्हालेका छन्। शिव बिकको सिनेम्याटोग्राफीले दृश्यलाई आकर्षक बनाएको छ भने सम्पादन र रङ संयोजन बिनोद बमले गरेका छन्।
गीतको भिडियोमा महेन्द्र खड्का, कमल जिसी, हरि आचार्य, रिना गुरुङ र यशु भट्टराईको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ । कलाकारहरुले प्रस्तुत गरेको अभिनयलाई कोरियोग्राफर सुमित्रा संजिलाले नृत्यको माध्यमबाट अझ प्रभावशाली बनाएकी छन्।
गीतले मध्य उमेरको जीवन र त्यसपछि आउने परिवर्तित अनुभवहरूलाई समेट्ने प्रयास गरेको छ भने गीतको अडियो भिडियो नै राम्रो भएकाले दर्शक स्रोताको अपार मायाँ पाउने अपेक्षा गरिएको छ ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply