
गायिका उषा गजुरेलको स्वरमा नयाँ गीत “पप्पी देउन” सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका उषा गजुरेलको स्वर र शब्दमा सजिएको नयाँ गीत “पप्पी देउन” सार्वजनिक गरिएको छ। आधुनिक प्रेमिल भावनालाई समेटिएको यो गीत (उषा गजुरेल) अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
गीतमा स्वर र शब्द गायिका गजुरेलकै रहेका छन् भने संगीत संयोजन र मिक्सिङको जिम्मा श्यामश्वेत रसाइलीले सम्हालेका छन्। गीतको शैलीले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको देखिन्छ, जसमा प्रेम, आकर्षण र रोमान्सको अनुभूति सजीव ढंगले प्रस्तुत गरिएको छ।
गीतको म्युजिक भिडियो समेत आकर्षक रुपमा निर्माण गरिएको छ। निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। भिडियोमा मोडल सुन्दर घलान र जुन विश्वकर्माबीचको रोमान्टिक केमेस्ट्री दर्शकका लागि विशेष आकर्षण बनेको छ। भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरको रहेको छ।
गीत सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। “पप्पी देउन” ले छोटो समयमै दर्शकको मन जित्दै लोकप्रियताको शिखर चुम्ने विश्वास गरिएको छ।
You may also like
Archives
Calendar
| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| 1 | 2 | |||||
| 3 | 4 | 5 | 6 | 7 | 8 | 9 |
| 10 | 11 | 12 | 13 | 14 | 15 | 16 |
| 17 | 18 | 19 | 20 | 21 | 22 | 23 |
| 24 | 25 | 26 | 27 | 28 | 29 | 30 |

Leave a Reply