
सिताराम घिमिरेको आवाजमा “टोपी ढाका” बोलको गीत सार्वजनिक
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा एक नवीनतम सिर्जना थपिएको छ। नेपाली मौलिक संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यसहित तयार पारिएको “टोपी ढाका” बोलको गीत हालै मात्र (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यस गीतले विशेषगरी नेपाली सांस्कृतिक सम्पदामध्ये ढाका टोपीलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। ढाका टोपी नेपाली पहिचानको एक अमूल्य प्रतीक हो, र यही पहिचानलाई गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ। गीतले नेपालीपन झल्काउने लय, शब्द र दृश्यले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ।
गीतमा स्वर लोक गायक सीताराम घिमिरे र प्रतिभाशाली गायिका संगीता गुरुङको रहेको छ। गीतका शब्द सुदीप परियारले लेखेका हुन् भने संगीत कृष्ण के.सी.को संयोजनमा तयार पारिएको हो। गीतको मिक्सिङ र मास्टरिङ कार्य विनोद परियारले गरेका छन् । जसले गीतलाई प्राविधिक रूपमा अझ आकर्षक बनाएको छ।
सम्पादन तथा रंग संयोजन (कलर ग्रेडिङको) जिम्मा दीप श्रीपाली बस्नेतले सम्हालेका छन् भने क्यामेराको काम अनुभवी छायाँकार अनिल जी.सी. (बुलेट) ले गरेका छन्। दृश्य सम्पादन, रंग संयोजन र छायांकनको समन्वयले गीतलाई एक प्राविधिक उत्कृष्टता प्रदान गरेको छ।
गीतको निर्देशन गायक स्वयं सीताराम घिमिरेले गरेका हुन्। निर्माण पक्षको नेतृत्व भने अनन्त कुमारी घिमिरेले गरेकी हुन्, जसले यस परियोजनाको सम्पूर्ण व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेकी छन्।
गीत सार्वजनिक भएसँगै श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। सांगीतिक बजारमा मौलिकता र नेपाली पनको खोजी भइरहेका बेला आएको यो गीतले स्रोता तथा दर्शकमाझ नयाँ स्वाद र सन्देश दिन सफल हुने विश्वास गरिएको छ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply