
बिशाल नेपाली र पेरिसा कंडेलको अभिनयमा “तिमी आएपछि” सार्वजनिक
विनोद कार्की ।
काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय मोडल तथा निर्देशक बिशाल नेपाली र अभिनेत्री पेरिसा कंडेलको अभिनयमा ’तिमी आएपछि’ बोलको गीत (BNF Production) युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द,संगीत रबिन भुसाले गरेकाछन् जसले गीतलाई अझै मनमोहक र भावनात्मक बनाएका छ । गीतमा लोकप्रिय गायक कमल खत्री र मेलिना मैनालीको आवाज समावेश गरिएको छ यति बेला सोही गीतले व्यापक चर्चा कमाउन सफल भएको छ ।
गीतको छायांकन दिनेश पराजुलीले गरेका छन् भने भिडियो निर्देशने बिशाल नेपाली आफैको रहेको छ । गीतमा पेरिसा कंडेल र बिशाल नेपाली स्वयमले अभिनय गरेकाछन्, जसले गीतलाई एक आकर्षक दृश्य बनाउन मद्दत गरेको छ । गीतको कथामा प्रेमको गहिरो भावना र समर्पण देख्न सकिन्छ, विशेषगरी प्रेमी जोडिहरुको मन जित्न सफल भएको छ ।
यस गीतलाई आधुनिक शैलीमा तयार पारिएको छ र यसको शैलिमा नयाँपन र ताजगी देखिन्छ, जुन विशेषतः युवापुस्तालाई मन पर्ने खालको छ । बिशाल नेपालीको निर्देशनमा बनेको यो गीतले आफूलाई एक उत्कृष्ट निर्देशकको रुपमा स्थापित गर्ने प्रयास गरेको छ ।
You may also like
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply