‘गैह्आबासीय नेपालीहरूको सुख र दुःखको साथ र हात बन्न चाहन्छु’

कुल आचार्य,  केन्दीय अध्यक्ष उम्मेदवार, गैरआवासीय नेपाली संघ
काठमाडौं । कुल आचार्यलाई धेरैले सोध्ने गर्छन्, –‘समाज सेबामा लागेर के पाउनुभयो ? सामाजिक अभियन्ता भएर के भयो ?’ आचार्यले आफ्नो लामो प्रवासी जीवन यात्रामा यी र यस्ता थुप्रै प्रश्नहरू धेरै पटक झेलिसकेका छन् ।

तर, समाजसेवासँगै सामाजिक अभियन्ताको दौडमा होमिएका उनले आफूलाई कहिल्यै कमजोर रूपमा प्रस्तुत गरेनन् । लिन होइन, भएको दिन र बांडेर खान अनि भाइचारा बढाउँदै गैरआवासीय नेपालीहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने जीवनको धेय ठानेका, सोचेका र यसलाई नै उद्देश्य बनाएका आचार्य बेलायत बसेको पनि धेरै भैसक्यो ।

कर्मथलो बेलायत भए तापनि नेपाल लगायत विभिन्न देशमा रहनुहुने गैरआवासीय नेपालीहरू माझ आचार्यले राम्रै पहिचान र उपस्थिति जनाउंदै आएका छन् । प्रवासी नेपालीहरूको साथ, सहयोग र समर्थन पाएकै कारण कुल आचार्यले गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१–२०२३ का लागि अध्यक्ष पदमा उम्म्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ बेलायत र केन्द्रसँग लामो समयदेखि आबद्ध रहेर नेपाल र नेपालीकÞो हक, हितको पक्षमा आवाज बुलन्द गर्दै अगाडि बढेका आचार्यको यस पटकको उम्मेदवारीलाई गैरआवासीय नेपालीहरूले सकारात्मक रूपमा लिएका छन् ।

आचार्यको उम्मेदवारीको घोषणासँगै तातेको चुनावी माहोल साँच्चै यस पटक कुलको पक्षमा नयाँ जोश, जाँगरका साथ अगाडि बढेको देखिन्छ । “पद्दती र पारदर्शिता, समाजसेवी एनआरएनए हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा, सोच र उद्देश्यलाई शिरोधार्य गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका आचार्य गैरआवासीय नेपालीहरू माझ सभ्य, भव्य, शालिन र सहयोगी मनका व्यक्तिका रूपमा पनि चिनिन्छन् ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *