भर्सटायल एक्टर पुस्कर पन्त दशैं तिहार र म्युजिक भिडियोको लागि नेपाल आउदैं

काठमाडौँ – अमेरिका निवासी भर्सटायल एक्टर चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्त दशैं तिहार मनाउन तथा केहि म्युजिक भिडियो निर्माण तथा अभिनय गर्नको लागि नेपाल आउने भएका छन्। बर्षेनी नेपाल आएर गित संगीत तथा चलचित्र क्षेत्रमा योगदान पुर्याउदै आएका पन्त यो बर्ष पनि नेपाल आएर केहि म्युजिक भिडियो निर्माण गर्ने भएका छन्।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय लोकप्रिय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए ।

नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन ।सर्जक पुष्कर पन्तले कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत लिएर आईसकेका छन् । कलाकारिता, गीति लेखन, कबिता तथा साहित्य लेखन, मोडल, निर्माता निर्देशकमा राम्रो दख्खल भएका बहुप्रतीभाका धनि पन्त अमेरिकामा चर्चित नेपालीहरु मध्ये पर्दछन । उनि सामाजिक कार्यमा समेत सक्रिय रहदै आएका छन् ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *