नगर सभापतीमा पत्रकार सोम सुसेलीको उम्मेद्धारी

इलाम ः इलामका अग्रज पत्रकार सोम सुसेलीले नेपाली कांगे्रसको आसन्न १४ औँ महादधवेशनमा इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी दिने निर्णय गरेको जानकारी पाइएको छ । सुसेलीले क्षेत्रिय प्रतिनिधिमा निर्वाचित इलाम नगरपालिकाको उम्मेद्धारी नगर सभापतीमा इलाम नगरपालिका वडा नम्वर ९ बाट घोषणा गरेका हुन् ।


सुसेली नेपाल पत्रकार महासंघ प्रदेश नम्वर एकका निवर्तमान उपाध्यक्ष तथा पत्रकार महासंघ इलाम शाखाका संस्थापक सचिव समेत रहेका उनी पूर्व सभापती समेत रहेका थिए । २०४५ सालदेखी उनी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका छन् ।

२०५३ साल देखी नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् । उनले रेडियो नेपालवाणी एफएमका स्टेसन मेनेजर समेत रही काम समेत गरेका थिए । सुसेली नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नम्वर एकका संयोजक समेत रहेका छन् ।

उनलाई कोभिड १९ को इलाम जिल्लाको सूचना संयोजकको जिम्मेवारी नेपाली कांग्रेस केन्द्रिय कार्य समितिले दिएको छ । हाल उनी नेपाल टे्रड युनियन कांग्रेस केन्द्रीय समिति अन्तर्गतको अनुसन्धान तथा अनुगमन उप समितिको समैत जिम्मेवारी बहन गरीरहेका छन् ।

उनी नेपाली कांग्रेसकाु कार्यक्रममा निै सक्रिय देखिन्छन् यस अघि स्थानिय प्रदेश र संघिय निर्वाचनमा नेपाली कांग्रेसको प्रचार समिति संयोजक भइ काम समेत गरेका थिए ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *