जेडटिईको उपकरण किन्दा नेपाल टेलिकमको सिस्टममा समस्या, तिन घण्टामा ३१ लाख घाटा

जेडटिईको उपकरण किन्दा नेपाल टेलिकमको सिस्टममा समस्या,तिन घण्टामा ३१ लाख घाटा

nepal-telecom-offer.jpg

साउन १५ गते, काठमाडाैं, 

जेडटिई कर्पोरेसनको कमसल उपकरणले नेपाल टेलिकमको सेवामा अवरोध भएको खुलेको छ । जेडटिईको २०१९ मा दुई अरब रुपैयाँमा किनेको कोर सिस्टमले गर्दा गत पटक पटक सेवा अवरुद्ध हुने गरेको टेलिकम श्रोतले सत्यनेपालन्युजलाई नाम सार्वजनिक नगर्ने शर्तमा बताएको छ ।

७ बर्षको वारेन्टी भएको उक्त सिस्टमको अन्तिम किस्ता ६० करोड तिर्न बाँकी रहेको भएता पनि विविध नियमको कारण उक्त पैसा तिर्नै पर्ने र पुन अन्य कार्य समेत जेडटिई सँगै मीलेर गर्न लागेको समेत खुलासा भएको छ ।

आफ्नो सेवामा बारम्बार अवरोध र समस्या देखिन थालेपछि टेलिकमले सिसिओ प्रतिभा वैद्यको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनमा जेडटिई कर्पोरेसनको थर्डक्लास उपकरण नै प्रमुख कारण देखिएको छ । कमसल उपकरणको प्रयोगले नै टेलिकमको सेवाको गुणस्तर खस्किएको रिपोर्टको निष्कर्ष छ ।

टेलिकमका विज्ञहरुका अनुसार चिनियाँ कम्पनी जेडटिईको सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट पनि राम्रो छैन । जेडटिईले नै टेलिकमको एचएलआर सिस्टम जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो । वर्षौंदेखि अरबौको कारोवार गर्दै आइरहेको छ ।

यसअघि नेपाल टेलिकममा मुकुट आनन्द बैद्यले जेडटिई ले दिएको कोर नेटवर्क गुणस्तरहिन छ भनेर भन्दा पनि टेलिकमले करारमा अडिग रहेको र खरिद ऐन बमोजिम आफु कमजोर भएको भन्दै वेवास्ता गरिएको थियो । हाल बैद्य रिटाईड भइसकेको छन् ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जेडटिईले जडान गरेको उपकरणमा समस्या देखिएर सेवा अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार गत असार ९ गते जेडटिईको कोर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएपछि छानविन समिति बनेको थियो । अध्ययनमा हालसम्म ८ पटक टेलिकमको सेवा  कमसल उपकरणका कारण अवरुद्ध भएको पाइएको छ ।

टेलिकमको माथिल्लो निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि टेलिकमको सेवा कम गुणस्तरको हुनुको कारण अध्ययन गरेर पत्ता लगाएको छ । प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो । प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो । एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ । त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ सेकेन्ड लागेको छ । कल स्थापना हुने सफलताको दरमा पनि टेलिकम कमजोर देखिएको छ । एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत छ भने टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत रहेको छ । आफैं फोन कल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको छ । कम गुणस्तर मात्र नभएर टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आएको अध्ययनले पत्ता लगायो ।

अध्ययनमा अर्को समस्या के देखियो भने सेवा अवरुद्ध हुँदा मोबाइल प्रयोगकर्ताको लोकेसन पहिचान गर्न सिस्टममा समस्या । लोकेसन प्रत्येक समय सिस्टमले अपडेट गरेपछि मात्र कललाई सम्बन्धित नम्बरमा फरवार्ड गर्छ। तर लोकेसन नै पहिचान नभएपछि एचएलआर भनिने कोर नेटवर्कभित्र समस्या देखिएको हो।

टेलिकमले २०१९ मै अध्ययन गर्दा पनि न्यून गुणस्तरका उपकरणका कारण समस्या उत्पन्न भएको, राउटरमा पर्याप्त स्पेयर कार्ड नभएको, राउटर कम विश्वसनीय भएको, विगतमा पनि समस्या देखिने गरेको पत्ता लगाएको थियो । तर प्रतिवेदनअनुसार कम्पनी फेरिएन । पुरानै एसपिसी रिपोर्ट राम्रो नभएको चिनियाँ कम्पनी जेडटिई कर्पोरेसनलाई नै निरन्तरता दिँदा टेलिकमको सेवा खस्किँदै गएको छ ।

zte_logo.jpg

कसरी रोक्न सकिन्छ जेडटिईलाई ?

कम गुणस्तरको सामान सस्तो रेटमा राखेर टेण्डर पार्ने मात्र नभई टेलिकम भित्र आर्थिक चलखेल समेत आशंखा गरिएको जेडटिईलाई रोक्न सहज भने छैन । माथिल्लो स्तरसम्म चलखेल समेत हुने र खरिद ऐन समेतले सस्तोलाई टेण्डर दिनुपर्ने हुँदा प्रतिस्पर्धामा जेटटिई लाई जित्न अन्य कम्पनिलाई निकै असहजता रहेको पाईन्छ । यसको लागि विगतमा उस्को मेसिनमा आएको समस्यालाई कारण देखाई सरकारले केहि समय तोकी जेडटिईलाई प्रतिस्पर्धामा आउन रोक्यो भने यस्ता समस्या दिर्घकालिन रुपमैे अन्त्य गर्न सकिने देखीन्छ ।

छानबिन समितिले उपकरण सन्तोषनक नभएको प्रतिवेदन पेस गर्दा पनि निरन्तर त्यही कम्पनीबाट सामान किन्ने काम भइरहेको भन्दै टेलिकमभित्रै असन्तुष्टि छाएको छ । कर्मचारीहरुले कमिसनको खेल भएको समेत आशंका गरेका छन् । उनीहरुले संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन् । भने खरिद ऐन अनुसार टेण्डर गर्दा पुुन जेडटिईको नै सामान किन्नुपर्ने हुनसक्ने भएकोले यसलाई मन्त्रीपरिषदले नै टेण्डर प्रकृयामा भाग लिन रोक्ने या जेडटिईसँग गुणस्तरको सामान माग गर्नुपर्ने काम तत्काल नगरे दिर्घकालिन रुपमा टेलिकमको सेवा अझ खस्कदै जानसक्ने त्राश रहेको टेलिकमका एक उच्चपदस्त कर्मचारीले बताएका छन् ।

साभार : सत्यनेपालन्युज
Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *