मुनलाईट टेलिभिजनका निर्देशक नवराज कार्कीद्वारा सहयोग

हाल देशमा भैरहेका कोभिड—१९ को महामारीमा कसै न कसैले कतै ल कतै सहयोग गरिरहेका छन् । आफूले जति सकिन्छ त्यति नै सहयोग गर्ने बेला हो ।

त्यस्तै मनकारी व्यक्तित्वमध्ये दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाण्डौंमा विभिन्न व्यवसाय गरी बसी रहनु भएको युवा व्यवसायी मुनलाईट टेलिभिजनका निर्देशक समाजसेवी नवराज कार्की, गणेश बुढाथोकी र टेक बहादुर सोडारी हुन ।

सो अबसरमा उहाँहरुले मास्क, स्याृनीटाजर, सर्जीकल ग्लोबस र विभिन्न प्रकारका औषधी वितरण गर्नुभएको छ ।

उहाँहरुको व्यक्तिगत पहलमा आफ्नो गाउँको जनतालाई विश्वभरका जनताले लडी रहेको रोग कोभिड–१९ को रोकथामको लागि चाहिने विभिन्न औषधीहरु सहयोग गर्नु भएको छ ।

उहाँहरु दोलखाका स्थानिय बासिन्दाको आवश्यकता अनुसार आगामी दिनमा थप स्वास्थ्य सामाग्री प्रदान गर्ने लक्ष्य अनुसार चाडै नै थप स्वास्थ्य सामाग्री लिएर दोलखा जाने बताउनु भएको छ । एपी वान खबरबाट

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *