नेपाल फिल्म सोसाइटि द्वारा नारायण प्रधानलाइ बधाई तथा शुभकामना

काठमाडौँ – नेपाल फिल्म सोसाइटि द्वारा नेपाल चलचित्र द्वन्द संघका नब नियुक्त अध्यक्ष नारयण प्रधानलाइ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । भर्खरै मात्र निर्बिरोध अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष, चलचित्र बिकाश बोर्डका पूर्व अधक्ष्य तथा बरिष्ट अभिनेता कृष्ण मल्लले नब नियुक्त अधक्ष्य नारायण प्रधानलाइ आगामी दिनहरुमा चलचित्र द्वन्द संघलाइ अझ थप उचाइमा पुर्याउन लागि पर्ने र बर्गीय हितको साथै द्वन्द कलाकारहरुको हकहितमा लागि पर्नेमा बिस्वस्त रहेको बताए ।

कार्यक्रममा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ट चलचित्रकर्मीहरु अशोक शर्मा,बरिष्ट कलाकार मदन दास श्रेष्ठ, बरिष्ट चलचित्रकर्मी मोहन निरौला, चलचित्र कलाकार संघको बरिष्ट उपाध्यक्ष्य रेजिना उप्रेती, उपाध्यक्ष सानु कुमार श्रेष्ठ, नेपाल फिल्म सोसाइटिका सदस्य नायक निर्माता मदु कुमार श्रेष्ठ, निर्माता मोहन कृष्ण श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, अभिनेता पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, संचारकर्मी सुर्य चन्द, कलाकार निर्माता खुसि गुरुङ लगायतका व्यक्तित्वहरुले नेपाल चलचित्र द्वन्द संघका नब नियुक्त अध्यक्ष नारयण प्रधानलाइ बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *