मैतिदेबीमा संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर संचालनमा

काठमाडौं । काठमाडौंको मैतिदेबी पेट्रोल पम्प संगै संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरको शुभारम्भ गरिएको छ । बरिष्ट गायक सिताराम पोखरेल सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्द तथा मोडल आश्मा बिश्वकर्माको प्रमुख आतिथ्यतामा अत्याधुनिक सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो । उक्त उद्घाटन कार्यक्रममा गायिका संजु न्यौपाने र कलाकार नम्रता खरेल अतिथि रहेका थिए।

यस पार्लरमा अनुभबी सौन्दर्यबिदद्वारा सेवा सुविधा उपलब्ध गराइने संचालिका संगीता शर्मा बत्स्यालले जानकारी गराईन । उक्त क्षेत्रको एक मात्र अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा ब्युटीसियन बन्न चाहनेहरुको लागि ट्रेनिङको समेत ब्यबस्था गरिएको छ भने पार्लर संगै बुटिक समेत रहेको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *