जनता मा.बिको प्रांगणमा नवनिर्मित बिधाकी देवी सरस्वति माताको मन्दिर उद्घाटन

इलाम । सरस्वति पुजाको अबसरमा चुलाचुली गाऊपालिका वडा न. १ अबस्थित श्री जनता मा.बिको प्रांगणमा नवनिर्मित बिधाकी देवी सरस्वति माताको मन्दिर उद्घाटन भएको छ । चुलाचुली २१ न. बाहिनी अड्डाका बाहिनी पति श्री विजय थापाको प्रमुख आतिथ्यमा उहाको हस्तबाहुलीबाट उक्त मन्दिर उत्घाटन भएको हो । बिद्यालय ब्यबस्थापन संघको अधक्ष्य श्री तान्छोहाङ् आङ्देम्बे सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिबी समाजसेवी, शिक्षा प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चुलाचुली १ कमल निवासी स्व.बिष्णुप्रसाद मैनालीको स्मृतिमा उहाको परिवारद्वारा उक्त मन्दिर आजको मितिबाट बिद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो । मन्दिर हस्तान्तरण तथा उत्घाटन कार्यक्रममा बोल्दै स्व बिष्णु प्रसाद मैनालीका छोरा प्रकाश मैनालीले बिद्यालय प्रांगणमा सरस्वति मन्दिर स्थापना अनुमति दिएकोमा सम्पूर्ण मैनाली परिवारलाइ धेरै खुशी भएको बताए । उहाका अनुसार मन्दिर बनाउन करिब ३ लाख खर्च भएको बताए । कार्यक्रममा मन्दिर बनाई दिने मैनाली परिवारलाइ बिद्यालयका प्राध्यापक हरि दाहालले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा बिद्यालयका छात्र-छात्राहरुले सरस्वति पुजा गर्नुको साथै सा-साना बालबालिकाहरुलाई अक्षराम्भ पनि गराएका थिए ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *