याे सरकार इतिहासमै कमजोर र अलेकप्रिय सरकार हाे । माननीय कल्पना पाण्डे ।

——————————————– ओली सरकारको चालेकाे असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ ।ओली सरकार विरुद्ध चर्को नाराबाजी गर्दै असंबैधानिक कदम खारेजको माग गर्दै जसपाले बिरोध प्रदर्शन गरेको हो । संसद विघटन गरेसँगै ओली विरुद्ध देशभर प्रदर्शन सुरु भएको छ । बिरोध कार्यक्रको अध्यक्षता अध्यक्ष द्वय राम अवतार यादव र अजय बर्मा ले गर्नु भएको थियो भने उक्त्त कार्यक्रमको संचालन जिल्ला सचिव शोमनाथ शर्माले गर्नु भएको थियो। उक्त्त कार्यक्रममा केन्द्रिय सदस्य किस्मत बि क, देवेन्द्र पाण्डे सागर, निलम कुमारी यादव, राजेन्द्र गुप्ता, माननीय सन्तोष पाण्डेय माननीय कल्पना पाण्डेले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम लाइ सम्बोधन गर्दै माननीय कल्पना पाण्डेले भन्नुभयो ओली सरकारले गरेको असम्बैधानिक कदम नसच्याए देशभर प्रदर्शन गर्ने र संबिधान सम्साेधन गरेर सिमान्तिकृत जनताकाे अधिकार संबिधानमा संरक्षित नगरेसम्म अान्दोलन नराेकिने बताउनु भयाे । माननीय पाण्डेले भन्नुभयाे याे सरकारले अाफ्नाे अाैचित्य गुमाईसकेकाे छ । याे सरकार कामचलाउ बनिसकेको छ । यसले जुनप्रकारले धमाधम संबैधानिक निकायमा नियुक्ति गरेकाे छ त्याे अाफैमा कानुनको खिलापमा छ । गैरकानुनी छ । वर्तमान सरकारकाे नेतृत्व गर्ने केपि अाेली असक्षम भैसकेका छन । उनले जुन तर्क गरिरहेका छन् त्याे तर्क अाफैमा हाँस्यास्पद छ । काम गर्न पाईन । याे सरकारलाई काम गर्न कस्ले राेकेकाे छ । नाच्न नजान्ने अाँगन टेढाे भने जस्तो याे सरकारलाई एतिहासिक अवसर अाएकाे थियाे । नेकपाकाे राष्ट्रपति, उपराष्टपति, सभामुख सहित धन्नै दुई तिहाईकाे याे सरकार, सात प्रदेश मध्ये छ प्रदेश मा दुईतिहाईकाे प्रदेश सरकार हुँदा पनि अाफै अाफैमा झगडा गरेर जनतामा रमिता देखाउने अनि काम गर्न नसक्ने अनि फेरि अरूकाकाे थाप्लाेमा दाेषाराेपण गरेर पानी माथि काे अाेभानाे बन्न खाेज्ने यस्तो इतिहासमै असक्षम सरकारलाई अान्दोलन काे राप र तापले छिटोभन्दा छिटाे बिस्थापित गर्न सबै दललाई अाव्हान गर्न चाहन्छु भन्नू भयाे । कार्यक्रम आफ्नो पार्टीको रहेको र संविधानले प्रदान नगरेको अधिकार प्रयोग गरि संसद बिघटन तथा संबैधानिक निकायमा पधाधिकारी नियुक्ति गरि शपथ गरायाकोमा राष्ट्रिय समाजबादी पार्टीको घोर आपत्ति प्रकट गर्दछ । भन्नुभयाे ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *