युवा क्षमतावान प्रतिभा अमन श्रेष्ठको भिलेन लुक्सको डेव्यु

औरा मोसन पिक्चर्स र जे.के.एस. ईन्टरटेन्टमेन्टको संयुक्त निर्माणमा नेपालमा पहिलो पटक सुपर नेचुरल फेन्टासी वेव सिरिज यार्शा बन्ने भएको छ । ओस्कार कलेजका पाष्ट आउट विद्यार्थीहरुको समुहले निर्माण गर्न लागेको यो सिरिजलाई कलेजको विषेश सहयोग रहने समेत निर्माण पक्षले जनाएको छ ।
३० दिन सुटिङ रहने यस सिरिजको लगानी ३० लाख रहनेछ । लगानी कम गर्न निर्माण पक्षले सेयरको विभाजन गरेर ३० लाख नगद र बार्की सेयर गरेर निर्माण गर्न लागेको हो । आजसम्मको नेपाली सिरिज भन्दा छुट्टै टेस्ट दिने निर्माण पक्षले बताएको छ । एक महिनादेखी रियलशनमा रहेको यस सिरिज पोखरा, बन्दीपुर, धुर्मे, मुगुकोट र काठमाडौँ मा गरि ९ भाग सुटिङ हुनेछ ।
मार्टिन भण्डारीको लेखन रहेको यस सिरिजबाट युवा क्षमतावान प्रतिभा अमन श्रेष्ठको भिलेन लुक्सको डेव्यु हुनेछ । अमनको साथमा मिरा खड्का, अम्सु शर्मा, अर्सु महर्जन, डार्वीन श्रेष्ठ आदिको अभिनय रहने यस सिरिजलाई मिलन श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *