काठमाडौँ : नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजक, नेपाल फिल्म सोसाईटीका कोषाध्यक्ष, नेपाल ब्यायाम मन्दिरका संस्थापक अध्यक्ष नारायण प्रधान चलचित्र द्वन्द संघको अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन भएकोमा नब निर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाइ चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा नेपाल चलचित्र कलाकार संघका सम्पूर्ण कार्य समितिको तर्फ बाट बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ।
बिगत लामो समय देखि द्वन्द निर्देशकको रुपमा कार्य गर्दै विभिन्न संघ संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएका बरिष्ट द्वन्द निर्देशक तथा चलचित्र द्वन्द संघका नब निर्बाचित अध्यक्ष नारायण प्रधानले आगामी दिनमा द्वन्द संघलाइ अझ ससक्त रुपमा अगाडी बढाउने र कलाकारहरुको हकहितमा प्रभावकारी भूमिका खेल्नेमा आफु बिस्वस्त रहेको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले बताए।