गीत
शव्द रचना: अस्मिता भण्डारी आफ्ना अनि पराईलाई, चिन्न सक्नु पर्छ
हात समाई मित्रसँग, हिड्न सक्नु पर्छ
तब मात्रै दुस्मनलाई, जित्न सक्छाै साथी
पथ्थरकाे पहाड पनि हिड्न सक्छाै साथी !!
हाेइन भने दुस्मनले, छुरा हान्छ फेरि …
ताताे रगत र देशभक्ति, खेर जान्छ फेरि …
आपस मै नमिलेर, युद्ध जितिदैन
तिम्रो मन भित्र पट्टि, माया मिसिँदैन …..
थाेपा-थाेपा एकै ठाउँमा, खस्नु पर्छ साथी
देशलाई माया गर्ने सँगै, बस्नु पर्छ साथी !!
हाेईनभने , चन्द्र सूर्य- झण्डालाई नै साेध
विश्व सामु नेपाली भई, बाँच्ने बाटो राेज !!
तब मात्रै बैरिलाई जित्न सक्छौ साथी …
पथ्थरकाे पहाड पनि हिड्न सक्छौ साथी !!
धन्यवाद!!