निकेड एक्सप्रेसको ब्राण्ड एम्बेस्डर नायक प्रदिप खड्का

काठमाडौ : नेपाली कपडा ब्राण्ड निकेड एक्सप्रेसले नायक प्रदिप खड्कालाई ब्राण्ड एम्बेस्डर बनाएको छ। २०७१ देखि संचालित यो कम्पनीले चीनमा उद्योग स्थापना गरेको छ। नेपालीहरुलाई रोजगारी सिर्जना गर्न अब नेपालमै उद्योग खोल्ने तयारी गरिरहेको कम्पनीका अध्यक्ष किशोर खतिवडाले जानकारी दिए।

कम्पनीले हाल नेपालभर १० वटा थोक पसल संचालन गरेर ७ सय भन्दा धेरै पसलमार्फत सामान बिक्री गरिरहेको छ। अहिले कम्पनीले पुरुषका लागि टिसट, जम्पर, ज्याकेट, हुडी, सिलिकन ज्याकेट, डाउन ज्याकेट, सर्ट, पाइन्ट, कोर्ट लगायतका कपडा उत्पादन गरिरहेको छ।

ग्राहकको मागलाई सम्बोधन गर्दै आगामी दिनमा बालबालिकाको कपडा र सबैको लागि हुने ब्याग, जुत्ता, लेदरको ज्याकेट उत्पादन गर्ने तयारी रहेको खतिवडाले जानकारी दिए।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *