सुचना आयुक्त कमला ओलीले सुुदुर पश्चिमको बाजुरा र अछामको भ्रमण गरेकी छन । जिल्लाका बिभिन्न कार्यालयको अनुगमन तथा सुचनाको हक सम्बन्धी कृयाकलापका अनुगमन गर्न ओली बाजुरा र अछाम जिल्ला पुगेकी हुन। अनुगमनका क्रममा अछामका जिल्ला प्रशासन कार्याल, जिल्ला हुलाक कार्यालय, जिल्ला मालपोत कार्यालय नापी कार्यालय, घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय कोष तथा लेखा नियन्तत्रण कार्यालय लगायतका कार्यालयको उनी पुगेकी छिन । अछाममा कार्तिक १७ गते र बाजुरामा १९ गते अनुगमन गरिएको आयुक्त ओलीले बताइन । बाजुरामा जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला हुलाक कार्यालय र मालपोत कार्यालयको अनुगमन गरिएको उनले बताइन । जिल्लाका सरकारी कार्यालयमा सुचना अधिकारी भए नभएको वडापत्र भए नभएको लगायतका कुराहरुमा अनुगमन गरिएको बताएको छ । जिल्लाका सबै कार्यलयमा सुचना अधिकारी नभएका कार्यालयमा सुचना अधिकारी ब्यबस्थापन सुचना पार्टीकाे ब्यबस्था गर्न दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइ सुझाव दिएकाे ओलीले बताइन ।