कृषिक्षेत्रको समस्या समाधान

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्न लागेको बताएका छन् ।

नयाँ व्यवस्थाबिना कृषि क्षेत्रको बृहत्तर विकास सम्भव नरहेको उनको दाबी छ । झापाको बिर्तामोडमा बुधबार बिहान पत्रकारसँगको भेटमा उनले संविधानको सफल कार्यान्वयनका लागि पनि कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याउन जरुरी रहेको तर्क गरे ।

‘हामी नयाँ व्यवस्था निर्माण गरिरहेका छौं । चाँडै लागू गर्छौं,’ मन्त्री भुसालले भने, ‘नयाँ व्यवस्थाले किसानका धेरै समस्या समाधान हुनेमा हामी आशावादी छौं ।’

कृषिका हरेक उत्पादनलाई न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा आफू रहेको उनले बताए । कृषि पेसाबाट किसानलाई पलायन हुनबाट रोक्न समर्थन मूल्य तोक्नुको विकल्प नभएको उनको भनाइ छ । मुलुकको कृषि क्षेत्र अनेक समस्याबाट जकडिएको उनले बताए ।

‘कृषिका हरेक क्षेत्र र उत्पादनमा समस्या छ । समस्या एक/दुईवटा मात्र होइन, सयौं छन् । २–३ वर्षभित्र सबै समस्या समाधान गर्ने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री भुसालले भने ।

अब आउने नयाँ व्यवस्था कडाइकासाथ लागू गर्न कृषि मन्त्रालयलाई सुशासनयुक्त बनाउन जरुरी रहेको उनको तर्क छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *