छोरा-छोरा भन्दै प्राण गयो

छोरी हुनु त यस्तो ?

छोरा र छोरी आखाका दुई नानी भनिन्छ । तर हाम्रो समाजमा पुरुष प्रधान भएको हुनाले कतिपय कुराहरुमा छोरीलाई भन्दा छोरालाई बढी महत्त्व दिइएको देखिन्छ तर कहिले काहीँ यस्तो हुन्छ कि छोरीले नै सब जिम्मेवारी निभाउनु पर्ने हुन्छ त्यसैले छोरीहरुले छोराहरुको भन्दा पनि बढी आमा र बुवाप्रती स्नेह,माया ,महत्त्वपूर्ण भुमिका र कर्तब्य निभाएका हुन्छन् ।
त्यस्तै गरी जन्म दिने आमाको स्यारसुसार गर्ने यी दुई छोरी पनि समाजका नमुना हुन् । खस क्षेत्री समाजका उपाध्यक्ष एबम महिला समितिका अध्यक्ष भगवती रोक्का र उहाकी बहिनीले बर्सौदेखी बिरामी भएर थला परेकी आफ्नी आमालाई कति पटकपटक अस्पताल लैजाने र निको पारेर ल्याउने गर्नु भएको थियो ।
दिदी बहिनीले आलोपालोगरि आफ्नै घरमा राखेर हेरबिचार पुराउदै आउनु भएको थियो । कौशलटार निवास श्रीमती बिष्णु रोक्काज्युको अस्ति आफ्नै घरमा नै दु:खद निधन भएको छ ।
एक मात्र छोरा बिदेशमा भएको, मृृृृृत्युको अन्तिम पल सम्म पुग्दा समेत छोरा-छोरा शब्द उचारण गर्दा गर्दै उहाँको प्राण गयो अनि छोरीहरुले नै आफ्नी आमालाइ काधमा बोके र दागबत्ती दिए र हाल क्रिया पुत्रि बसिरहेका छन ।
र समाज परिवर्तनको सम्वाहक यस्ता कार्यलाई सम्मान गर्ने बानी बसालौ । के छोरा के छोरी सन्तान त उहीँ हो जसको बराबर हक लाग्नु पर्छ । जन्म देखि मृृृृृत्यु सम्मको सस्कारमा सन्तानले सबै कार्य गर्न पाउनु पर्छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *