अब सातै प्रदेशमा सुचना आयोग

राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । शुक्रबार राजधानी स्थित रहेको सुचना आयोगको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको बताएका छन ।

सूचना आयुक्त एवं प्रवक्ता कमला ओली थापाले कोरोना भाइरसका कारण मासिकरुपमा गर्दै आएको अन्तक्र्रिया तथा छलफल कार्यक्रम गर्न नसकिएको बताएका छन । थापाले आयोगले गत आर्थिक वर्षमा एक हजार ३२ पुनरावेदन पछ्र्याेट गरेको जानकारी दिनुभयो । आयोगमा चालू आवको हालसम्म २६७ पुनरावेदन परेको छ । सबैभन्दा बढी आर्थिक क्षेत्रमा ७०, स्थानीय तहका ५०, प्रशासनका ४४, शिक्षाका ३७, संस्थान तथा प्राधिकरणका ११, वन तथा कृषिका आठ, जग्गा, मालपोत भूमिसुधारका सात, स्वास्थ्यका पाँच, कानून र खेलकूदका तीन तीन तथा अन्य १९ पुनरावेदन परेको उनले जानकारी दिइन। आयोगले हालसम्म २५५ कार्यक्रममार्फत २६ हजार २५२ लाई अभिमुखीकरण गरेको छ । आयोगले समसामयिक विषयमा विभिन्न समयमा गरी छ हजार ४७९ आदेश दिनुका सार्थ २४ जनालाई जरिवाना र विभागीय कारवाहीको गरेको बताइएको छ । बाकी भिडियोमा हेर्नुहोस्: https://youtu.be/ZcaDwLy5RXQ

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *