सुनन!… तिमी राम्रो लाग्यो !!

सुनन!… तिमी राम्रो लाग्यो !!

आज आएर मन पर्‍यो क्या !!

तिम्रो माया लाग्यो

अब भन म के गरु ? ” भन्दै गीतको शुटिङ्ग गर्दैछन प्रतिमा श्रेष्ठ,यो गित उनी आफैले लेखेकी हुन र आफ्नै छोरा दिवस श्रेष्ठलाई डेब्यु गराएकी छिन। दिवस श्रेष्ठ करातेको राष्ट्रिय खेलाडी पनि हुन ।उनको साथमा सब्बु शाहीलाई यश गीतको पर्दामा देख्न सकिन्छ। संचार क्षेत्रमा लामो समयदेखी लागेका उनी आफ्नो साहित्य लेखनबाट्पनि उत्तिकै परिचित नाम हो ।

आरजे,भिजे गर्दै साहित्य शिर्जना गर्ने उनको गीति एलबम नयाँ सार्बजनिक गर्ने तयारीमा लागेकी छिन । यो लकडाउनलाई अरुले कसरी लियो तर मैले आफ्नो सिर्जनात्मक काममै बिताए र आफुलाई ब्यस्त बनाउन अनि कामै सक्नकोलागी यो गितको शुटिङ्ग पनि गरे,जति आफुले आफुलाई काममा ब्यस्त बनाउन सक्यो त्यतिनै सकारात्मक सोच भैरहने प्रतिमा श्रेष्ठको भनाई छ ।

काठमाडौ,ललितपुरको विभिन्न ठाउँहरुको सुन्दर दृश्यहरुलाई आफ्नो गितमा कैद गर्दैछिन उनी।शब्द रचना आफ्नै रहेको यश गित बबिता मानन्धरको स्वर,अनिल शाहीको सङ्गीत रहेकोछ ।यस गितको छायांकन हरि हुमागाईले गरेका छन भने निर्देशन प्रतिमा श्रेष्ठ स्वयमले गरेकी छिन ।आफ्नो रचनाको किताब र गीति एल्बम लिएर चाडै नै उनी आफ्नो दर्शक,श्रोता र पाठक बिच आउदै छिन । प्रतिमाको यो कदम सफल होस उन्को यो र अन्य गित हरुले सबैको मन जित्न सफल होस देउराली मिडियाको तर्फबाट सफलताको शुभकामना ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *