पुरोहित ,लामा,पुजारी र ज्योतिषहरुमा पनि कोरोना संक्रमण

संस्कृत छात्र संघले जेठ १२ गते पुरोहित ,लामा,पुजारी र ज्योतिषहरुमा गरिएको कोरोना भाइरस (कोभिड -१९) परिक्षण सँगै संक्रमितको संख्यामा थपिएको छ । बढोत्तरीसँगै काठमाडौंमा थप ३ जनामा संक्रमण देखिएको छ । जसमध्य एक संक्रमित ज्योतिष हुन । जसको जानकारी संस्कृत छात्र संघले प्रेस विज्ञप्ति जारी गर्दै दिइएको हो ।


यसैविच आफ्नो संस्कारलाई निरन्तरता दिनेक्रममा उनलाई संक्रमण भएको छ ,तसर्थ मुलुकभर हिन्दु बौद्धादि दर्शन र परम्परा, संस्कारलाई निरन्तरता दिनेक्रममा बहुसंख्यक पुरोहित ,लामा,पुजारी,ज्योतिषहरु लकडाउनका बिचमा पनि हिड्डुल गरिरहेका छन ।

संस्कारको संरक्षण र संवर्धनगर्ने अभिभारा बोकेका उनिहरुमा जोखिम नबढोस् भन्नका निमित सबैको पिसिआर परिक्षण गराउनु पर्ने साथै संक्रमणका कारण यदि कसैको ज्यान गईहालेमा उनिहरुको परम्परा र संस्कारबाटनै अन्तिम संस्कारको व्यवस्था गर्नपनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *