घर जान देउ न मलाई -सुचित्रा श्रेष्ठ

उ त्यै पारी त हो मेरो देश जान देउ न मलाई,
अपराध गर्दिन परिवार छन भेट्न देउ न मलाई,
यहि एउटा साँध र सीमाले म पराय मुलुकमा छु,
वारिबाट पारी गई छुन्छु मात्र तिमिलाई
उ त्यै पारी त हो मेरो देश जान देउन मलाई …
सिमामा छटपटीमा छु, सास फेर्नै गाह्रोमा छु,
आत्तिएको मन, भोकभोकै निस्सासिएर बिरानो भाछु
मैले भोट् हालेको नेतालाई भनिदेउ न “कान्छा यहि छ”
चिन्छ किन नचिन्नु अस्ति त उपहार ल्याइदेको छु,
उ त्यै पारी त हो मेरो देश जान देउ न मलाई
मागे कति माग्नु मेरै छेउमा आएर पनी पाइन दस्तुर
श्रमको लागी भोक र रोगको लागी हिडेकाे लाहुर
छ सबै भन्छु यहि वरपर तर खै म एक्लै भाछु
गन्तब्य एउटा , सोचाइ अर्को कस्लाई के भन्नू नै छ र !
उ त्यै पारी त हो मेरो देश जान देउ न मलाई
आकाशतिर जहाजको आवाज आफन्त लिन रे
बाच्ने रहर मरेको छैन तर बोलिदिने कोहिछैन मलाई
आफ्नै माटाे, आफ्नै देश प्यारो छ बुझेनन् मलाई
ए नेता हेर्नुस् न यता यो कान्छा रोदनमा छ
तपाई चै खाली फेस्बुकमै बिजी स्टाटस लेख्दैमा
जहाँ गएपनी त्यै धर्ती हाम्रो मर्नु छ त्यसैमा
आमाको काखमा,परिवारको साथमा सन्तानको हाँसोमा
आउन त देउ त्यै पारी सम्म पिडा छ मनैमा
यहि एउटा पर्खाल नाघ्नदेउ मलाई अमृत त्यही छ
जहाजै लिई गएजस्तो परेन मलाई
एक शब्द बोली आइज है भने पुग्छ मलाई
हेर्दैछु पारी त्यै देश हो मेरो कतिन्जेल भनौ खैं
डर र त्रास लिई भोकभोकै परी कतिन्जेल बसौ है
उ त्यै पारि त हो मेरो देश जान देउ न मलाई

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *