एउटा दु:खद दिन आयो- तीर्थ नारायण श्रेष्ठ

एउटा दु:खद दिन आयो
कोरोनाले मानव बस्ती नै सिध्यायो
घरमा बन्दी जीवन अस्तब्यस्त बनायो ।
खै किन आयो
सडक टोलबस्ती
सुनसान बनायो
कामगरी खाने मान्छेको
मस्तिष्कमा हतकडी लगायो
रुदा कराउँदा पनि
निष्ठुर बनेर आयो
कसैको रोदन सुनेन सुरम्य मानव बस्ती
सुनसानै बनायो
कालोदिन आयो
सबै मान्छेको हाँसो भगायो
उज्यालो दिनलाई सुनसान बनायो
हरेक मान्छेको खुशी खोस्यो
पट्यार लाग्दो कहाली छायो
आजभोली बिश्वमा झन फैलदोछ
बेवारिसे तवरले मान्छेलाई कफनले च्यापिएकोछ
आमाले बाउलाई,बाउले आमालाई
छुन नहुने अवश्था छ
आजकल बस्ती बिरानो छ
टोल शून्य छ
केवल टोलका कुकुर भुक्दैछन
मान्छेको लाश्को कर उठाइदैछ
रातारात धनी बन्न तिनै लाशलाई
ब्यापार बनाई भ्रष्टाचार गरिदैछ
कसैको आँखामा रोदन छएको छ
यस्तै मौकामा पैसा कमाइदैछ
कसैको आँखामा रोदन छाएको छ
यस्तै मौकामा पैसा कमाइदैछ
जनताको बिचल्ली अनुहारमा
भ्रस्टचार गरिदैछ
कोरोनाको नाममा कतै भरिछ कतै रित्तिदैछ ।।

(तीर्थ नारायण श्रेष्ठ)

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *