बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा

 कोरोना भाइरसको कारण च्याम्पियन लिगका खेलहरु प्रभावित बनेका छन् । कोरोनाकै कारण युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र नापोलीबीचको खेल पनि बन्द रंगशालमा खेलाइने भएको छ ।

बार्सिलोना र नापोलीबीच यही मार्च १८ मा बार्सिलोनाको घरेलु मैदानमा हुने अन्तिम १६ को दोस्रो लेगको खेल बन्द रंगशालमा खेलाइने भएको हो ।

यो निर्णयपछि घरेलु मैदानमै हुने खेल बार्सिलोनाको समर्थकले हेर्न नपाउने भएका छन् । बार्सिलोना र नापोलीबीच पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

यसअघि नै स्पानिस क्लब भ्यालेन्सिया र इटालिनय क्लब एटलान्टाबीचको खेल बन्द रंगशालमा खेलाइने निर्णय भइसकेको छ । यस्तै पीएसजी र बोरुसिया डर्टमण्डबीचको खेल पनि बन्द रंगशालमा हुनेछ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *