दशैं तिहार रमणीय शरद ऋतुमा पर्छ । दशैँलाई पौरुषता दर्शाउने र तिहारलाई सम्पन्नता दर्शाउने चाडको रुपमा लिइन्छ । यहाँ दुवै चाडको अधिष्ठात्रीदेवी नारी नै देखिन आउछिन् । हाम्रो परम्परामा समाजले धन, सम्पत्ति , शक्ति र ज्ञानको आधार नारीलाई नै मानिआएको छ । नारी अधिकारको बिगुल फुक्ने आजको समाजले भन्दा परापूर्वक कालको समाजले नै नारीलाई प्रमुखता दिएको यसवाट प्रमाणित हुन्छ । नेपालमा अनेक प्रकारका चाडहरु पाईन्छन् देव, दानव, मानव आदि सबै बर्गले मनाउने उत्सव आ-आफ्नै चलनले चलेको पाइन्छ । हिमालयको काख नेपालमा पौराणिक, ऐतिहासिक कालदेखि चलिआएको, परम्परागत रुपले लोकले मान्दै आएको वा आधुनिक युग संगै देखा परेका विभिन्न खाले पर्व वा उत्सव समेत चलिरहेका छन् यी सबैखाले पर्व वा उत्सवलाई महत्व दिने यो हाम्रो समाज वास्तबमा उदार मानिन्छ ।
हामी दशैँ-तिहार तिरै बिशेष ध्यान आकर्षित गर्दछौँ र शुभ-कामना अर्पण गर्न चाहन्छौँ । शुभकामनाले व्यक्तिको व्यक्तित्व विकासको साथै युगले वैज्ञानिक मोड ल्याओस् भन्ने चाहाना हाम्रो छ । सुख,शान्ति, समृद्धि सबैलाई आवश्यक हुनाले यही आवश्यकताले पूर्णता पाओस् भन्ने कामना गर्दछौँ । सामुहिक जागृतिको लागि शक्तिस्वरुप जगदम्वासित प्राथाना गर्दछौँ । चाड पर्व भनेको सबैका लागि उल्लासमय हुने गर्दछ । आ-आफ्नो धर्म, संस्कृति रीतिरिवाज र परम्परा सवैको निम्ति उत्तिकै प्यारो हुने गर्दछ । त्यसमा पनि वर्षमा एकचोटी आउँने महान चाड विशेष उत्साह र उमङ्गका साथ मनाउने रहर कसमा हुँदैन् र दशैँलाई हिन्दुहरुले यहि रुपमा लिएका छन्।
वर्षभरिको मानसिक तथा शरीरिक थकान,पीर, ताप, भए, सबैकुरा बिर्सिएर नयाँ आशा र उत्साहका साथ मनाउने गरिन्छ । दशैँ आ-आफ्ना काम व्यवसाय विशेषका कारणले टाढा टाढा रहेबसेका आफ्न्तहरु बिचको सम्वन्धको नविकरण गर्ने रित हो यो पारस्पारिक सौहार्द्रताको निरन्तरता र आपसी वैरभाव समेतलाई मेटाएर गरिने भेटघाट, मेलमिलाप आदि यसको उदेश्य पनि हो ्र सानालाई आर्शिवाद दिने तथा आफ्ना आफन्तमाझ शुभमकामना साटासाट आदि गर्ने काम यसको बिशेषता हो ।दशैँ पहिले पहिले झैँ रमाईलो गरि मनाउने वातावरणको सृजना होस भन्ने सवैको साझा आकंक्षा हो । तर वर्तमान समय, परस्थिति र वातावरण त्यस चाहानाको अनुकुल देखिदैन । दशैँ आयो राम्रो लाँउला मिठो खाउँला र रमाईलो गरौँला भन्ने सर्वसाधारण नेपालीहरुको आँगनमा यसपाली दशैँको रोमाञ्चकता होईन, भय, त्रास र आतङ्कको कालो वादल मडारिएको छ र परिवार आफ्न्तसँग पूनर्मिलनको प्रतीक्षमा बसेकाहरु आफ्न्तको लास हेर्न वाध्य भएका छन् दशैँमा रमाईलो गर्ने रहर वोकेकाहरु कुनबेला के हुने हो भन्ने मानशिक तनावबाट गुज्रिएका छन् टाढा टाढाबाट दशैँ मान्न घरमा भेला हुनु पर्ने मान्छेहरु भयभित र त्रसित भएर घर जानै नसक्ने वातावरणको शिकार भएका छन् । यस्तो अवस्थाबाट गच्छे अनुसार सबैले दशैँ मनाउने नेपालीहरुको अभिष्टमा तुषारापात लागेको छ । आफ्नो हैसियत र चाहना अनुसार चाडपर्व मान्न, मनाउन पाउने मानवअधिकारको रक्षा गर्नु दुवै पक्षले त्यत्तिकै ध्यायन पुर्याउनुपर्ने बेला आएको छ । अनावश्यक तडक-भडक र देखासेखीका कारण नहुनेहरूका निम्ति यो काल बनेर समाजमा देखा नपरोस दशैं कसैका निम्ति दशा सावित नहोस, हार्दिक मंगलमय शुभकामना
नेपालीहरुको महानपर्व दशैँ घर(घरमा पसिसक्यो । स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभार्इ दिदीबहिनी आफ्नो कामलाई केही समयाका लागि थाति राखेर घर जानका लागि ब्यस्त देखिन थालिसके टाढा-टाढा भएका आफ्ना आफ्न्तहरु कहिले आउलान् भनेर बाटो कुरेर बसेका छन् सबै घरकाहरु । कतिलाई दशैँ कहिले आउला र सवै जम्मा भएर रमाइला गफ् गाफ् गरौँला भन्ने हुन्छ । कसैलाई दशैँ किन आएको होला जस्तो भान हुन थालेको छ । तर हाम्रो चाडपर्व र रीतिरिवाजमा पनि परिवर्तन आएको छ । यदि संस्कृति साझा हो हामी मानिस पनि त्यहीँ संस्कृतिको उपज हौँ भने भिन्नता किन रु आध्यात्मिक शक्ति बिना समाजले खुशी पाउँन सक्दैन, शान्ति र आनन्द प्राप्त गर्न सक्दैन् । यसैले शान्ति, आनन्द प्राप्तिका लागि समाजको प्रत्येक व्यक्ति आध्यत्मिक सोचाईवाट अगाडि बढ्नु पर्छ । आध्यत्मिक चिन्तनको कमिको फलस्वरुप व्यक्तिले स्पष्ट मार्ग तय गर्न सक्दैन् र सक्षम नेत्रृत्व दिन पनि सक्दैन र आफ्नो उद्देश्य , लक्ष्यमा पनि विचलित हुन पुग्दछ । त्यसैले पनि व्यक्तिगत दूरदर्शी सोचको विकास हुन आध्यात्मिक सोचको बिकास हुनैपर्छ मानिसमा अध्यात्ममा लोग्नेहरुले शरीरगत कुरालाई मात्र पूर्णता ठान्दैनन् । व्यक्तिगत स्वार्थलाई मात्रै मान्यता दिदैन । शरिर पछि पनि अर्को संसार रहेको यथार्थलाई मान्दछन् । शरीर हुँदैमा गल्ति गर्नैपर्छ्, कसैलाई धोका दिनैपर्छ, स्वार्थ पूर्तिको लागि जे गर्न पनि तयार हुनुपर्छ भन्ने धारणाबाट आध्यात्मिक मानिसहरु माथि उठेका हुन्छन् । नेपालीहरुको सामु सवै भन्दा ठुलो चाड विजयादशमी र दिपावली हाम्रो सामु आइसक्यो । शक्ति उपासनाका यी पर्वहरुलाई सार्थक रुपमा अगाडि वढाउन सके नेपालीहरु झनै शक्तिवान हुने बिश्वास लिन सकिन्छ ्र यी पर्व भित्रका रहस्यलाई बुझेर शक्ति प्राप्तिको साधनालाई सवैले आत्मासात् गर्न सके शक्तिशाली हुन सकिन्छ । त्यसैले पनि हामी प्रत्येक नेपालीले बडादशै एवं दीपावलीबाट शक्ति आर्जन गरौँ तर अनावश्यक देखावटी तडकभडक गरी जुवा-तास , जाँडरक्सी र झुटो आडम्बर नगरी चाडपर्वहरु मनाऔँ । बरु आफु भित्रका शत्रुहरुमाथि विजय प्राप्त गर्न सके मात्रै चाडर्पले दिन खोजेको सन्देश प्राप्त हुनेछ । यसैले चाडपर्वलाई वास्तविक सन्देश अनुसारको उपलब्धि प्राप्त हुने रुपमा मनाऔँ र देवीको कृपा प्राप्त गरी जीवनलाई सफल बनाऔँ । शक्ति आराधनाको पर्व दशैँले सबैलाई शक्ति देओस । हार्दिक मंगलमय शुभकामना