नेपाल र चीनबीच उच्चस्तरीय वार्ता सुरु

काठमाडौँ : नेपालको दुई दिने भ्रमणमा आउनुभएका चीनका राष्टपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच वार्ता सुरु भएको छ ।

होटल सोल्टीमा जारी वार्तामा आपसी हित र विभिन्न परियोजनाका बारेमा छलफल भइरहेको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्टपति सीले सम्बोधन गर्नुभएको छ । वार्ताको सुरुवातमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।

उच्चस्तरीय वार्तापछि विभिन्न १५ ओटा सम्झाैतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *