ताराको ‘मुटु किन’ मा हरिको सहकार्य (भिडियो सहित)

काठमाडौँ : ‘मुटु किन’ बोलको गीत लिएर गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले नेपाली संगीतका लोकप्रिय संगीतकार हरि लम्सालसंग सहकार्य गरेकी छिन् । उनले हालसालै सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । गीत पदम साधना कुलुङले लेखेका हुन् ।

‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन् । निकेशको एक्सन कटमा यो गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीले जोडी बा“धेका छन् ।

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो निर्माण भने शम्भु राईले गरेका छन् ।
गीतको म्यूजिक भिडियो

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *