चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मीको पोस्टर सार्वजनिक

काठमाडौँ : आउदो असार १३ गतेलाई प्रदर्शन मिति तय गरिएको, बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मी को केहि पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक यस पोस्टर हेर्दा चलचित्र ऐतिहासिक बनेको जस्तो देखिन्छ जहाँ राजा शाशन र दरबारको जीवनीलाइ आधार मानिएर बनाएको छ । यस चलचित्रलाइ बिरेन्द्र ताम्राकार ,प्रेम खड्गी र अनन्त श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका छन भने चलचित्रमा ​प्रदिप खड्गीको सम्बाद,के.के मानन्धरको पटकथा,संबाद, ​शंकर महर्जनको छायांकन , ​नविन जोशको सहायक छाँयाकन रहेको छ ।

प्रदिप खड्गीले निर्देशन गरेको यस ऐतिहासिक उपन्यासमा आधारित नेपाली कथानक चलचित्र “किर्तिपुर” द लिजेण्ड अफ किर्तीलक्ष्मीमा एस राज गरच, मदन दास श्रेष्ठ, सुरविर पण्डित, लक्ष्मी गिरी, बिनोद श्रेष्ठ, हिसिला महर्जन, मनीराज लावत, सुशिल राजोपाध्याय, सन्जय शर्मा, सुनिल भट्टराई, सनित शाही, मञ्जु श्रेष्ठ, अन्जना नकर्मीको अभिनय रहेको छ । यस चलचित्रलाई भने ​रिच इन्टरटेन्मेण्ट प्रा.लीका करन श्रेष्ठले वितरण गर्ने भएको छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *