नयाँ विचार

दार्शनिक बहसको सुरुवात गरेका छौँ ।
कृपया हामीले तर्क तथ्य र सिद्धान्त सहितको आफ्नो निजि बुझाइ भनाइ र सुझावको अपेक्षा राखेका छौ ।पुनर्जन्म , बिज्ञानको सिद्धान्त कि ? धार्मिक पुराण कि ? या प्राकृतिक जीवन चक्रको निरन्तरता भन्ने बारेमा हाम्रो बुझाइ । बैज्ञानिक खोज कर्ताका अनुसार पुनर्जन्म नै भनेर पुष्टि भएको त छैन । तरपनी मानव जातिको विकासक्रमको अनुसन्धानमा चार्ल्स डार्बिनको बिकाशवादको सिद्धान्त अहिलेसम्मकै बैज्ञानिक छ । बैज्ञानिकहरुले समाजशास्त्र माथिको अध्यन अनुसन्धान गर्दा पहिलो आधार बिकाशवादको सिद्दान्तलाई नै लिन्छन् । यो नै नयाँ सत्यतथ्यको सबै भन्दा नजिक रहेको समेत पुष्टि हुँदै आइरहेको देखिन्छ ।


थप के मान्यता छ भने, मान्छेले आफ्नो स्वभाव, के ? कुन ? र कसरी बनाउछ ? वा आफुलाइ चरितार्थ गर्छ ? त्यै कर्म फलको परिणाम अनुसार त्यो बनेको गुहिय गुण चरित्र र अस्तित्व अर्थात ” सँस्कार” मिल्ने समानान्तर प्राणि जिव जन्तुमा त्यो सँस्कार सर्छ भन्ने छ । यो विशेष गरेर आध्यात्मिक मान्यता हो । तर बैज्ञानिक अध्यनअनुसन्धान भन्छ, बिकाशवादको सिद्धान्त अनुसार मान्छे एक कोषिय जिवबाट बिकाश हुँदै बहुकोषिय जीव भएको अरुभन्दा चेतनशिल, क्षमतावान मानव हो । यो भन्दा पनि अर्को सशक्त मानव भन्दा पनि बढि चेतना युक्त ‘ केहिको ‘ बिकाश हुँदै गर्छ ।

बिज्ञानको यो प्रक्षेपण अनुसार पनि आध्यात्मिक मान्यता अनुसार पुनर्जन्मको कुरा याहा मिल्न आउँछ ! बैज्ञानिकले पुष्टि गरेअनुसार मानिससँग अहिले तीन वटा मस्तिष्क छ ।
१ बेसिक ब्रेन ( एक कोषिय जिवमा हुने मस्तिष्क )
२ मिड ब्रेन ( यो चारखुट्टे जनावरमा हुने मस्तिष्क )
३ नियो कर्टेक्स ब्रेन (अहिलेको मान्छेको मस्तिष्क )

विकाशवादको सिद्धान्त अनुसार मान्छे माछाबाट विकाश हुँदै एककोषिय जिवबाट बिकाश हुँदै, अर्थात घस्रने प्राणी हुँदै, चारखुट्टे जीव हुँदै अहिले दुइखुट्टे मान्छेमा बिकाश भएको हो । तर्क अनुसार याहा गम्भीर प्रश्न उठ्छ । यदि पुनर्जन्म नै हुदैनथ्यो भने एक कोषिय जीव र जनावरमा हुने मस्तिष्क मान्छेमा कसरी जोडिएर आयो त ? यहि बलियो तर्क अनुसारको एक जमातको भनाइ छ “पुनर्जन्मको प्रमाण यहि हो ” तर हाम्रै भनाइ के हो भने गुण स्वभाव र चरित्रबाट बनेको सस्कार एकबाट अर्कोमा सर्छ ।


मस्तिष्क बिज्ञान भन्छ आजको मानव जातीको विकाशक्रम अनुसार मान्छेको मस्तिष्कमा एककोषिय जिवको मस्तिष्क अर्थात बेसिक ब्रेन पनि छ, अनि दोश्रो जनावरमा विकाश भएको मस्तिष्क मिड ब्रेन पनि छ अनि मान्छेको विकाश हुनेक्रममा विकाश भएको ब्रेन नियो कर्टेक्स ब्रेन आज हाम्रो छ । र यो अझै विकाश हुन्छ र यो भन्दा फरक क्षमताको अर्कै कुनै ‘चिज’ (नाम जन्मेपछी हुनसक्छ, सम्भवतः उदारहणको निमित्त एलियन ) को विकाश हुनसक्छ । यो नै आजको बैज्ञानिक युगको विकाशवादको सिद्धान्त हो ।


यो निचोडको अर्थ हाम्रो पुर्वीया सभ्यता धर्म र अध्यात्मको ज्ञान अर्थात गिता ज्ञानको सार कर्म गर तर फलको आशा नगर हो । बाँकी जीवन र जगतलाई बुझ्ने, चिन्तन मनन गर्ने र बाँच्ने कसरीको बारेमा हरेकको आ-आफ्नो निजि बिषय हो र छ ।

नयाँ विचार : गोविन्द बोहोरा ब्रम्हानन्द

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *