सुर्य उदाउनुभन्दा पहिले नेपालमा खेलिने खेल कराँतेनै थियो

मलेसियामा हुने ओकिनावा गोजु–रियो खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा भाग लिने खेलाडीहरुलाई विदाई

प्रशिक्षक श्रेष्ठ भन्छन्–‘सरकारले सहयोग नगरेपनि स्वर्णपदक जितेर ल्याउँछौं’

काठमाडौं, १५ बैशाख । आगामी मे ३ देखि ६ तारिख (बैशाख २०–बैशाख २२) गतेसम्म मलेसियामा हुन गइहेको ओकिनावा गोजु–रियो खुला अन्तिर्राष्ट्रिय कराँते प्रतियोगिता–२०१९ मा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा ओकिनावा गोजु–रियो एसोशिएशन नेपालद्धारा आयोजना गरेको बिदाई कार्यक्रममा १७ देशको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तीन खेलाडीसहित पाँच सदस्यीय टोलीको आज बिदाई गरिएको हो ।

एसोशिएशनका अनुसार उक्त प्रतियोगितामा विवश घिमिरे (–६५), विनोदमान श्रेष्ठ (+८०) र कुमार चौलागाई (–६०) ले सहभागिता जनाउनेछन् । प्रतियोगिताको निर्णायक भूमिकामा रञ्जनमान श्रेष्ठ र टोली व्यवस्थापकमा जितेन्द्र प्रसाद साह रहनेछन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, साउथ एसिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वलाल जोशीलगायतले खेलाडीहरुलाई विदाई गरेका हुन् ।

एशोसिएशनका केन्द्रीय सचिव पुरन गिरीको सभापतित्वमा आयोजित विदाई कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुद्ध नेपालमा जन्मेर फैलाएको ज्ञान र धर्मलाई संसारले मान्ने तर नेपालमै बौद्ध धर्मसंग सम्बन्धित खेललाई नेपालको राष्ट्रिय खेलको रुपमा नहेर्नुले खेललाई सरकारले प्राथमिकता दिन नसकेको गुनासो पोखे ।सम्पुर्ण मार्सल आर्टका खेलहरु बुद्ध धर्मसंग सम्बन्धित रहेको बताउदै उनले जुडो, उस्सु, ताईकुण्डो र कराँतेका खेलहरु एकै वर्गका भएको पनि टिप्पणी गरे । कराँते खेलमा उमेरको कुनै समय सिमा नरहेको बताउदै उनले सबैभन्दा बढि पदक पनि कराँतेले नै जितेको जानकारी गराएका थिए ।कराँतेलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकत्ता औंल्याउँदै उनले सरकारले पनि उचित लगानी गर्न आवश्यक रहेको बताए । साथै, उनले प्रतियोगितामा सहभागी खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देखाए आफुलेपनि आर्थि सहयोग गर्ने घोषणा गरेका छन् ।उनले भने, ‘हाम्रा खेलाडीहरुले राम्रो प्रर्दशन गरेर देशको नाम र खेलको प्रतिष्ठा बढाउनेछन भन्नेमा म पूर्ण विश्वस्त छु । खेलाडीहरुलाई मेरो तर्फबाट सफलताको लागि हार्दिक शुभकामना छ ।’

कार्यक्रममा प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो पोखे । राज्यले सहयोग नगरेपनि उक्त प्रतियोगितामा तीनै जना नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्नेसमेत उनको उद्धघोष छ ।

कार्यक्रममा साउथ एशिएन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखेले कराँते खेलको जन्म जापानबाट नभई नेपालबाटै भएको दाबी गरे । उनले कराँते खेलको संरक्षण र प्रर्वद्धनमा सबैले जोड दिनुपर्ने आवश्यकत्ता औंल्याए ।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुसामू देशको नाम उँचो बनाउने र ईतिहास रच्ने सुनौलो मौका रहेको बताउँदै उनले खेलाडीले जित्ने जुनसुकै मेडल सानो वा ठुलो नहुनेपनि स्पष्ट पारे । उनले थपे,‘सबै पदकहरुको आ–आफ्नो महत्व र प्रतिष्ठा हुन्छ ।’ नेपाल र नेपालीको संस्कृति जोडिएको खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गर्न आफु लागिपरेपनि सफल नहुँदा नमिठो लागेको उनको दुःखेसो थियो । उनले थपे, ‘सुर्य उदाउनुभन्दा पहिले नेपालमा खेलिने खेलको रुपमा कराँतेनै थियो । राज्यले यो खेलमा लगानी गर्नुपर्छ । र खेलाडीहरुको लागि राम्रो वातावरण सृजना गर्न आवश्यक छ । सरकारले यसतर्फपनि ध्यान दिओस् भन्ने मेरो आग्रह छ ।’
त्यस्तै कार्यक्रममा राष्ट्रिय झण्डा महाअभियानका अभियन्ता पुरन गिरीले प्रतियोगी खेलाडीको मनोबल बढाउन आफुहरुको हौसला, साथ र सहयोग सदैव तयार रहेको धारणा राखेका थिए ।आफुपनि मार्सल आर्टको पुर्व खेलाडी रहेको बताउँदै उनले राज्यले खेलाडीको भबिष्यलाई सोचेर खेलका नीति तथा प्रगतिका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको प्रकाश पारेका थिए ।

कार्यक्रममा आयोजकको तर्फबाट अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेपा, साउथ एसियन कराँते महासंघका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे र समाजसेवी ईश्वरलाल जोशीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *