आज पनि अपरान्हपछि हावाहुरीको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपरान्हपछि तराईसहित देशका केही स्थानमा हावाहुरी लाग्ने सम्भावना रहेको जनाएको छ । यद्यपि, अस्ति साँझ बारा, पर्सामा आएको जस्तो हुण्डरीकै सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् ।

विशेष गरी तराईका क्षेत्रमा अपरान्हपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ । आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने बताइएको छ ।

पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जनाएका छन् ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *