बरिष्ट गायक आनन्द कार्कीले जन्मदिन नि:साहाय सेवा सदनमा मनाए

काठमाडौँ :बरिष्ट तथा चर्चित गायक आनन्द कार्कीले आफ्नो जन्मदिन नि:साहाय सेवा सदनमा बृद बृदाका साथ मनाएका छन् l काठमाडौँको शान्तिनगरमा अबस्थित बृदआश्रम नि:साहाय सेवा सदनमा उनले अति आबश्यक पर्ने दैनिक उपभोग्य सामान वितरण गरेर मनाएका छन l सयौ चर्चित गीतहरु सांगीतिक क्षेत्रमा पस्केर सांगीतिक आकाशका एक नक्षत्र बन्न सफल बरिष्ट गायक संगीतको साथमा समाजसेवामा समेत उत्तिकै सक्रिय छन l

३० औ बर्ष देखि सांगीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपालि सांगीतिक क्षेत्रलाइ यहा सम्म पुर्याउन तथा सम्पूर्ण संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक आनन्द कार्किले दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन l आफ्नो जादुमय आवाजले संसारलाई मन्त्रमुघ्न बनाउन सफल गायकले सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएका छन l

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *