नायिका एलिना गुरुङ नेपाली चलचित्र “बद्रि बहादुर” बाट ठुलो पर्दामा डेब्यु गर्दै

काठमाडौँ : गुरुङ चलचित्र “रिजे नासा” बाट चर्चित बनेर उदाएकी नायिका एलिना गुरुङ मोडलिङ संगै अब नया ठुलो पर्दाको नेपाली चलचित्र ” बद्रि बहादुर” मार्फत नेपाली सिने जगतमा पाईला टेक्दै छिन् l पोखरेली नायिका एलिना गुरुङको चलचित्र “रिजे नासा” बाट देश बिदेशमा समेत चर्चित बनेकी उनि पछिल्लो समय अन्य म्युजिक भिडियो र चलचित्रले पनि चर्चित बनेकी छिन l

अब चाडै शूटिंग सुरु हुने चलचित्र “बद्रि बहादुर” नायिका एलिना गुरुङ पक्का भइ सकेको र अन्य कलाकार छनौट हुने कार्य भई रहेको जानकारी दिनु भएको छ l उक्त चलचित्र “बद्रि बहादुर” लाई चर्चित निर्देशक सोभित बस्नेतले गर्दै छन भने निर्माता रबि अधिकारी रहेको छन l

नायिका एलिना गुरुङ बिसेष गरि युवा पुस्ताको रोजाइ बनेकी छिन् सिने संसार अर्थात रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो l युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर चलचित्र तथा मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नायिका हुन एलिना गुरुङ l उनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन l मोडलिङ क्षेत्र हुदै चलचित्रको नायिका बनेकी एलिनाले दर्जनौ म्युजिक भिडियोमा र बिज्ञापनहरुमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरि सकेकी छिन l

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *