ट्याक्टरद्वारा विद्यार्थीलाई ठक्कर, घटनास्थलमै मृत्यु

झापा, पुस २८ । बुधबार बिहान मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा पूर्वपश्चिम राजमार्गमा एक ट्याक्टरद्वारा कलेज गइरहेका विद्यार्थीको हुन पुगेको छ ।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट बिहान करिब ५ः ३० बजेको समयमा नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँको (को २ त ८२९६) नम्बरको ट्याक्टरबाट दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले ट्याक्टर बिपरित दिशाबाट आउँदै गरेको थियो, २१ वर्षिय बानियाँको घटनास्थलमा नै मृत्यु भएको जानकारी गराएको छ ।

प्रहरीद्वारा ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षिय मोहन तामाङलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पोष्टमार्टमका लागि मृतक बानियाँको शवलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको बताएका छन् ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *