रामेछाप एमालेमा युवानेता भोला खड्काको शानदार सर्वसम्मत जित

रामेछाप एमालेका चर्चित युवा नेता भोला खड्का निर्विरोध डिसिएम बन्न सफल भएका छन् । जिल्ला पार्टिमा उत्कृष्ट काम गरेको भन्दै खड्काको विरुद्धमा भुगोलतर्फ गोकुलगंगा गा.पा.मा कसैले उम्मेदवारी नदिई सर्वसम्मत भएको हो ।
गत कार्यकालमा समेत मनोनित जिल्ला कमिटि सदस्य बनेका खड्काले जिल्ला पार्टिमा राम्रो काम गरि उत्कृष्ट युवा नेताको छवि वनाएका थिए।
गोकुलगंगा ६ फर्पु स्थाई घर भएका खड्काको नेतृत्वमा रामेछापमा दर्जनौ नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए।

खड्काको अलवा २३ गते सुरू भएको महाअधिवेशनले अन्य ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जिल्ला कमिटीको अध्यक्षमा आनन्दकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् भने बाँकी पदाधिकारी तथा सदस्यहरुमा निर्वाचन भएको छ । निर्वाचनमार्फत जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कँडरिया र २ उपसचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा उज्वल सुवेदी, रत्नप्रसाद कँडेल, पुष्कर कार्की, आङछिरिङ लामा, सुजन कार्की, दीपेन्द्र कुमार कार्की, शेरबहादुर तामाङ, विनोद फुयाँल, रामप्रसाद देवकोटा, सूर्य माझी, जय गुरुङ, शिव न्यौपाने र शिवहरी उप्रेती निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सपथ ग्रहण गराईसकेको छ भने निर्वाचित भएकाहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिसकेको छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *