बिदेशमा पढ्न गएका तपाईंका छोराछोरी एटिएम कार्ड हुन र ? फरक प्रसँग फरक बिचार

-मिराराज भण्डारी

काकी एउटा स्निकर दिनुस् न । मैलो वेष्ट, हाफ पेन्त र फोहरी चप्पल लगाएका एक केटोले मरु तिरको एक पसलमा कोक खादै गर्दा पसलमा आएर पैसा दिदै भन्यो । “कती खानु परेको स्निकररु काम साम छैन, जा” भन्दै फालुला झै पैसा थुतेर स्निकर हातमा हुर्‍याइ दियो । केटो गै सके पछी गये तिर हेर्दै फत्फतायो साहुनी “त्यत्रो” लगानी गरी दिएको नपढिकन फर्कियो , बहुला जस्तो हिडि रहन्छ ‘” को हुन रु मेरो प्रश्न “येहि हाम्रो छिमेकीको छोरा । बाउआमा पनि उस्तै , खुब धाक लगाउन रिन गरेर बेलायत पठायो , नपढिकन फर्कियो , मलाई त यो केटो देख्यो कि रिस उठ्छ” किन रिस उठ्छ रु अचम्मका कुरा । रिन गर्ने केटोका बाउ आमा । नपढेर दुस्ख पाउने त्यो केटो । पैसा तिरेर स्निकर किन्दै त्यो साहुनिको ब्यापार बढाइ देको छ , उस्को हाड नाता केही लाग्दैन, न त भोली बिहेबारी गरी नाता जोड्न सक्ने सम्बन्ध पनि होइन, छोरी नभएकी र हुने वाला पनि होइन । फेरी पनि उनलाई रिस किन उठेको होला । किनकी हाम्रो समाजलाई निकै फुर्सद छ । अरुका बारेमा टिप्पणी गर्ने आफ्नो आङको भैसी नदेख्ने ।

जापानको सुजुका तिर साथीहरु सँग गोल्डेन वीक मनाउन केही दिन बसियो । बिहानै मधुरो स्वरमा मिठो धुनमा एउटा गीत बज्यो अली लोक भाकामा । अपर्त्मेन्तमा चार जना बस्थे १ एउटा पाहुना केटो आको रैछ । गीत उनैको सानो सिडीमा गुन्जिदै थियो । भाषा त बुझिन तर भाका र संगीत साह्रै सुरिली र मिठो ।

भित्तो तिर फर्केर बसेको त्यो ठिटोलाई सोधे “भाई म एक छिन् भजन सुनौ रु कहाँ हो घर रु भन्दै सोधे । कुन जिल्ला भन्यो त्यो बिर्सें तर तामाङ्को छोरो रैछ र उसले सुनी रहेको गीत पनि तामाङ् भाषाको सुरिलो अनी मिठो । बोलीमा मिठास र व्यबहारमा अत्यन्त सिस्ट त्यो केटो । कुरा गर्दै गर्दा आफ्नो सिडीमा मेरो भजनको सिडी हाल्न भ्याइ सकेछन केटोले “ दिदी कुन बजाइ दिम रु “ वाह् क्या सिस्टता र संस्कार । अमृत साइन्स क्याम्पसमा बिएससो गर्दा गर्दै एक एजेन्ट मार्फत जापानमा स्टुडेन्ट भीसामा छिरेका अशोक ९ नाम परिवर्तन ० ले मात्र एक सेमेस्टरको पैसा कलेजमा तिरेका थिए । “गाक्को”सम्म जसो तसो पढाउने जापानी हरुको देशमा गाइजिनहरु “दाईगक्कु “मा पढ्न आउनु र पढ्न सक्नु, पैसा तिर्न सक्नु ठुलो कुरा मानिन्छ । जापान मा कमाउदै पढ्न सकिन्छ भन्दै प्रलोभनमा परेर जापान छिरेका सोनामलाई बाउ आमाले जसोतसो पैसा खोजी दिएर एक सेमेस्टरको पैसा जुटाइ दिये तर भने जस्तो भएन । कलेजको पढाई समय र खाइसाको समय र त्यहा सम्म पुग्न केही कुरा मिलेन र सोचे जस्तो आर्को समेस्टरका लागि पैसा जुटाउन सकेनन सोनाम ले । छ स् महिना को पढाई सङै अलि अलि अर्बाइतो काम गरेर गुजारा गरे उनले । त्यस्पछी उनी अवैधानिक बनेर काम खोज्दै भौतारिदै सुजुका आइपुगेका सोनाम भन्छन “पढाइ सक्न पाएको भये पैसा इज्जत सबै हुन्थ्यो, यहाँको तभअजलययिनथ खतरा , नेपाल गएर केही गर्न सक्थे दिदी खोइ भने जस्तो भएन , एउटा राम्रो काम पाको भर्खर एक महिना मात्र भयो तर अस्ती मात्र एक जना साथीले एक जना जापानी को कार मा साइकल ठोक्काइ दिएको कारण खाइसा भरी छापा मार्यो, म चाँही बचेर भागेँ १ पढाईमा राम्रो बिज्ञानको विद्यार्थी, भबिस्यमा देशको लागि क्रिमी पर्सन , नरमाइलो मन भयो मेरो । “आमा बा त आइज देश फर्की , येतै बाख्रा पाल, गाउमा शिक्षक छैन पढा पुगी हाल्छ भन्नु हुन्छ, तर त्यत्रो रिन बोकाको छु , कसरी बालाई भार बोकाउने रु त्यसैले काम खोज्दै आको दिज्यु “‘।।

यि दुई किशोरहरु का कथा, कथा होइन वास्तविकता हो नेपालबाट बिदेश पढ्न जाने नानी हरुका ब्यथा । हरेक नानीहरुले आफ्नो जिबन कसरी जिउने त्यो जानेको हुन्छ । ठुला कुरा सोच्नु, ठुलाठुला सपना देख्नु खराब होइन , तिनै सपनाहरु सरकार गर्न रात भर अनिदो बिताउने किशोर किशोरिहरु अहिलेको ग्लोबलाइजेशणको युगमा सामान्य मान्नु पर्छ तर असामान्य त ति छिमेकी आफन्तहरु मिलेर बनेको हाम्रो समाज हो, जसले सफलतामा खुशी कम र अशफलतामा रमाउने बढी हुन्छन । जापानी एम्बेशीमा भीजा लगाउने लाइनमा रहदा स्टुडेन्ट भिसाका लागि आवेदन दिन लाइन बसेका एक विद्यार्थी भन्थ्यो “दिदी मलाई नेपाल मै मास्तर्स गर्ने मन थियो , वल्लो पल्लो गाउँ तिरका थुप्रै मलेसिया कतार तिर गये , जग्गा जोडे , नैया घर बनाइ सके , तँलाई भने हामीले काठमान्डौमा पैसा ठेग्नु पर्ने रु पढ्छु नै भनेर कस्सिएर लाग्ने विद्यार्थीलाई काठमान्डौमा कती दुस्ख छ त्यो गाम घरमा बिन्दास बिताउने आफन्तलाई के थाहा रु बिहान धारापानी देखी घर बेटीको किचकिच मात्र होइन, अझ फलानो का छोरा छोरी त काठमान्डौ छन भन्दै घरी बिरामी बोकेर आउने कैले बिहे बटुलोका सामान किन्न आउने त कोइ काठमान्डौ घुम्न कै लागि आउने , बिरामीलाई हश्पिटलमा टिकट काटी दिने देखी काठमान्डौका बजार डुलेर किनमेल सम्म सघाइ दिनु पर्ने बिचरा पढ्ने विद्यार्थीको समस्या कसले बुझ्ने रु त्यति नगरे त्यस्का छोराछोरीलाई त काठमान्डौको हावा लागे छ बरै हामीलाई त वास्तै गरेनन”सम्म सुन्नु पर्ने ।

तपाईं आफ्नो छोराछोरीको सपना पुरा गर्न सहयोगि बन्नुस् । तपाईंको घरको अवस्था बुझ्नुस् । अब्राह्मम लिन्कन गरीबका छोरा थिए । हेलेन किलर न सुन्थे न देख्थे । येस्ता थुप्रै पात्रहरु छन् जसका आफ्ना सपना पुरा गर्न आफ्नै र आफ्ना अभिभाबकका शाहस र सहयोगको सम्मिश्रन मा संसारमा पहिचान बनाउन सफल बने । त्यसैले सपना देख्नु खराब होइन । जिबनमा केही बन्छु भनेर ठुला आँट र हिम्मत गर्नु पनि खराब होइन । बिदेश पढ्न जाने सबै असफल मात्र पनि छैनन । परिस्थिती बस तपाईंका छोराछोरी ले पढ्न सकेनन वा त्यहा उसलाई बातावरन् मिलेन भने खुशीखुशी स्वागत गर्नुस्, उनिहरुको हिम्मत बढाउनुस् । नेपालको शिक्षा र काम गर्छु पढ्छु भन्ने लाई यहाँ पनि कुनै कमी छैन ।
अरुका कुरा सुनेर, अरुका छोराछोरी का सफलता र बिफलतासँग तुलना नगरनुस् । अरुले के भन्छ र गर्छका कुरा होइन, तपाईंको मनमा तपाईंको सन्तानको लागि कती स्नेह र ममता छ त्यही अनुसार आफ्नो बिबेक लगाउनु जरुरी छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *